बाइस जिल्लामा ६ दिने आमहडतालको घोषणा
दाङ । थारु संयुक्त संघर्ष समितिले ६ दिने आमहडतालको घोषणा गरेको छ । साउन २७ गते बुधवारदेखि साउन ३२ गतेसम्म तराईका २२ जिल्लामा आमहडतालको घोषणा गरिएको हो ।
थारु कल्याणकारिणी सभाको संयोजनमा रहेको थारु संयुक्त संघर्ष समितिले कञ्चनपुरदेखि चितवनसम्म थारु प्रदेश हुनुपर्ने मागसहित तराईका २२ जिल्लामा आमहडतालको घोषणा गरिएको केन्द्रीय संघर्ष समितिको विज्ञप्तिमा उल्लेख छ ।
कञ्चनपुरदेखि चितवनसम्मको भूभाग थारु प्रदेश हुनुपर्ने मागसहित कैलाली तथा कञ्चनपुरमा चलिरहेको थारु आन्दोलनको समर्थनमा उक्त आमहडतालको आयोजना गरिएको केन्द्रीय संघर्ष समितिका सदस्य तथा पूर्वसभासद् इन्द्रजीत थारुले जानकारी दिए ।
थारुका अनुसार आमहडतालमा यातायात, शिक्षणसंस्था, व्यापार–व्यवसाय, कलकारखाना सबै बन्द रहने छ । सिमाङ्कनको क्रममा थारुहरुको अस्तित्व नै समाप्त हुनेगरी प्रदेशहरुको विभाजन गरिएको भन्दै थारुहरुले आमहडतालको घोषणा गरेको उनको भनाई छ । annapurnapost.com
0 comments
Write Down Your Responses