Powered by Blogger.
बिप्लब माअाेवादीले गर्याे महानिर्देशक माथि आक्रमण

टाउकोमा चोट लागेपछि सुवेदी जनमैत्री अस्पतालमा
२७ साउन, काठमाडौं । वैदेशिक रोजगार विभागका महानिर्देशक सहसचिव भरतराज सुवेदीमाथि नेत्रविक्रम चन्द विप्लब नेतृत्वको माओवादीका कार्यकर्ताले आक्रमण गरेका छन् ।
बुधबार बिहान घरबाट नयाँ बानेश्वरको बुद्धनगरस्थित कार्यालय जान लागेका सुवेदीलाई बालाजु हाइटमा माओवादी कार्यकर्ताले ईंटा प्रहार गरेको सुवेदी निकट स्रोतले जनाएको छ । आक्रमणलगत्तै उनीहरु विप्लब माओवादीको पर्चा छाडेर भागेका थिए ।
सुवेदी उपचारका लागि जनमैत्री अस्पतालमा भर्ना भएको वैदेशिक रोजागर बिभाग स्रोतले जनाएको छ ।
सहसचिव सुवेदीमाथि आक्रमण गरेर भागेका माओवादी कार्यकर्तालाई पक्राउ गर्न प्रहरी परिचालन भए पनि कोही समातिएका छैनन् । मोटरसाइकलमा आएका व्यक्तिले आक्रमण गरी भागेको बालाजु प्रहरीले जनाएको छ । उनीहरुले गाडीमा रहेका सुवेदीलाई ईंटाले हानेर भागेको प्रहरीको भनाइ छ ।
अरुलाई पनि विप्लव माओवादीको ‘थ्रेट’
यता विप्लब माओवादीका एक नेताले भने सुवेदीलाई कालो मोसो दलेर जुत्ताको माला लगाउन खोज्दा गाडी तोडफोड भएको बताएका छन् । सुवेदीले भ्रष्टाचार गरेको, सेवाग्राही जनतालाई दुःख दिएको र किर्ते नागरिकता लिएर जागिर खाएको अभियोगमा जनकारवाही गरिएको विप्लब माओवादीका एक नेताले बताए ।
राष्ट्रसेवक कर्मचारीले आत्मअनुशासनमा बसेर जनताको काम नगरेकाले सांकेतिक रुपमा कारवाही गरिएको उनले बताए । ‘यस्ता उच्च ओहोदामा बसेर अनियमितता गर्ने अरुको पनि लिष्ट बनाएर कारवाही शुरु गर्दैछौं’ ती नेताले भने ।
विप्लव नेतृत्वको माओवादीले अख्तियार दुरुपयोग अनुसन्धान आयोगबाटै भ्रष्टाचारीको संरक्षण भएको भन्दै आक्रमणको निशाना अख्तियारतिर सोझ्याउने निर्णय समेत गरेको बुझिएको छ ।


,

0 comments

Write Down Your Responses