Powered by Blogger.
तपाईंको मात्रै होइन, सबैका श्रीमतीले ढाँटछन् यी पाँच कुरा !

कतिपय कुराहरु यस्ता हुन्छन्, जुन चाहेर पनि कसैलाई भन्न सकिन्न । अरु त अरु, आफ्नै जीवनसाथीलाई पनि । यो महिला र पुरुष दुबैमा लागु हुन्छ ।
 तर, हामी यहाँ महिलाको कुरा गर्दैछौं । भनिन्छ, ‘महिलाहरुको मनको बात थाहा पाउन निकै मुस्किल हुन्छ ।’ केही यस्ता कुरा हुन्छन्, जुन उनीहरु हमेसा लुकाएर राख्छन् । यसमा कसैको अहित हुने कुरा नहुनसक्छ, तर पनि बताउन सक्दैनन् ।
यसलाई सही ठहर्‍याउने उनीहरुको आफ्नै कारण पनि हुन्छ । के–के हुन् त त्यस्ता कुराहरु, जसलाई महिलाले हमेशा लुकाउने प्रयास गर्छन् । विभिन्न रिसर्चहरुबाट पत्ता लागेको ५ कुरा हामीले यहाँ उल्लेख गरेका छौं ।
१. महिलाहरुले आफ्नो पतिलाई हमेशा बताउन खोज्दैनन्, कि खास पल (पतिसँगको पहिलो रात)मा कस्तो अनुभव भयो । यदि भनिन् भने पनि त्यो सत प्रतिशत सत्य हुँदैन ।
२. कतिपय कुराहरु यस्ता हुन्छन्, जसमा पति–पत्नीबीच सहमति नहुनसक्छ । तर, पत्नीहरु आफ्नो सम्बन्ध नबिग्रियोस् भनेर आफ्नो विचारलाई दबाउँदै पतिसँग हो मा हो मिलाउँछन् । मनमा भने त्यसप्रतिको असन्तुष्टि कायम हुन्छ, तर कहिल्यै व्यक्त गर्दैनन् ।
३. महिलाहरुले आफ्नो पहिलो प्यारलाई जिन्दगीमा कहिल्यै भुल्दैनन् । पहिलो प्रेमबारे पतिलाई शेयर गर्नेहरु पनि होलान्, तर एउटा कुरामा ढुक्कहुनुस्, ऊ प्रति अझै पनि मुटुको एक छेउमा सफ्ट कर्नर छ भन्ने कुरा चाहीँ कसैले शेयर गर्दैनन् । पहिलो प्रेमीलाई पूरै भूलिसकेँ भन्छन् भने त्यो सत्य होइन ।
४. हरेक महिलासँग लुकाएर राखेको केही खजाना हुन्छ । खजनाको बदलामा पैसा नै किन नहोस् । जसलाई उनीहरु आफ्नो सानोतिनो समस्या टार्न भनेर बचाएर राख्छन् । तर यसबारे पतिलाई कुनै जानकारी हुँदैन । तर कुनै बेला पति नै समस्यामा हुँदा झिकेर दिन पछि पर्दैनन् ।
५. महिलाहरु सानातिना कुराहरु पनि आफ्नो साथीसँग शेयर गर्न भ्याउँछन् । तर मैले साथीलाई यो कुरा भनेँ नि भनेरचाहिँ कहिल्यै भन्दैनन् । पतिले सोध्दा अहँ भनेको छैन, म यस्तो कुरा पनि कहाँ भन्छु त भनेर ठिक्क पार्छन् ।


0 comments

Write Down Your Responses