Powered by Blogger.
वीरगञ्ज अस्पताल भित्रै गोली चल्यो


पर्सा, १५ भदौ । पर्साको वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पताल भित्रै गोली चल्दा तीन जना घाइते भएका छन् । प्रहरीको गोली लागेर अस्पतालको सुरक्षार्थ खटिएका दुई जना प्रहरी जवान र एक जना सर्वसाधारण व्यक्ति रहेका छन् ।
घाइते प्रहरीले सुरक्षाकर्मीको गोली प्रहारबाट आफू घाइते भएको बताएपनि यसलाई सुरक्षाकर्मीहरुले अस्वीकार गरेका छन् । अस्पताल परिसर भित्रै गोली चलाएको भन्दै चिकित्सकहरुले आक्रोश व्यक्त गरेका छन् ।
उनीहरुले कसले र किन अस्पतालभित्र गोली चलाउन आदेश दियो भन्दै आक्रोश पोखेका छन् ।


0 comments

Write Down Your Responses