Powered by Blogger.
लिम्बुवानद्वारा पूर्वका ९ जिल्ला बन्द आह्वान


२८ साउन, ताप्लेजुङ । सङ्घीय लिम्बुवान पार्टी नेपालले गरेको बन्दका कारण बिहीबार बिहानैदेखि पूर्वको जनजीवन प्रभावित बनेको छ ।
चार दलले गरेको ६ प्रदेशसहितको संविधानको खाका प्रति असहमति राख्दै अरुणपूर्वका नौ जिल्लामात्र भएको प्रदेश मान्य हुने माग राखेर आमहड्ताल आह्वान गरेको हो ।

बन्दको कारण ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, संखुवासभा, तेह्रथुम, धनकुटा, मोरङ र सुनसरीको जनजीवन प्रभवित बनेको छ । ताप्लेजुङमा बिहानैदेखि लामो तथा छोटो दुरीका सवारीसाधन चल्न सकेका छैनन् ।

चार दलले गरेको सहमतिमा अरुणपूर्वका नौ जिल्लामा सगरमाथा अञ्चलका थप पाँच जिल्ला रहेको प्रदेश बनाउने उल्लेख छ । तर लिम्बुवानले त्यसमा असहमति राख्दै आफूहरुलाई धेरै र थोरै नभइ ऐतिहासिक आधारमा नौ जिल्ला भएको राज्य चाहिएको बताएको छ ।

नामाङ्कन बिना ल्याएको संविधान कुनै पनि हालतमा नमान्ने निष्कर्ष निकाल्दै बन्दसहितको आन्दोलनको कार्यक्रम अन्तर्गत बन्द गरिएको अध्यक्ष कुमार लिङ्देनले बताएका छन् ।

लिम्बुवानले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपाल अन्तर्गत लिम्बुवान हुनुपर्ने, जनताबाट निर्वाचित राष्ट्रपति र संसदबाट निर्वाचित प्रधानमन्त्री हुनुपर्ने, जनसङ्ख्याको आधारमा पूर्ण समानुपातिक निर्वाचन प्रणाली हुनुपर्ने लगायतका माग अघि सारेको छ ।


,

0 comments

Write Down Your Responses