Powered by Blogger.
हङकङको क्रिकेट इभेन्टमा सिद्धान्तलाई मौका

६ टीमको नाम नेपालका भूकम्प प्रभावित जिल्ला
२८ साउन, काठमाडौं । भूकम्पपीडितको सहयोगार्थ हङकङमा हुने क्रिकेट इभेन्टमा सिद्धान्त लोहनीले पनि मौका पाएका छन् ।
हङकङ क्रिकेट संघको आयोजनामा हुन लागेको सिक्सेस फर नेपाल इभेन्टमा नेपालबाट ६ क्रिकेटरले सहभागिता जनाउने तयारी छ ।
हङकङ क्रिकेट संघको आयोजनामा हुन लागेको सिक्सेस फर नेपाल इभेन्टमा नेपालबाट ६ क्रिकेटरले सहभागिता जनाउने तयारी छ ।
खेलले जीवन परिर्वतन गर्न सक्छ भन्ने नारा दिइएको सुपर सिक्स इभेन्टमा नेपालबाट शरद भेसवाकर, बसन्त रेग्मी, शक्ति गौचन, सोमपाल कामी, भुवन कार्की र सिद्धान्त लोहनीले भाग लिनेछन् ।
सिद्धान्त नेपाली टोलीको युवा क्रिकेटर हुन् । हङकङ क्रिकेट एशोशिएसनले सिद्धन्तलाई किङ अफ हेलिकोप्टर सट भन्दै उनले पनि खेल्ने बताएको छ ।
टी–२० विश्वकप छनोटमा जर्सीविरुद्ध डेब्यू गरेका सिद्धान्तले राम्रो प्रभाव छाडेका थिए । जसले मलेसियामा भएको विश्व ११ सँगको च्यारिटी म्याचमा पनि मौका पाएका थिए ।
इभेन्टका लागि ६ फरक टीम बनाएको छ । टीमको नाम नेपालका भूकम्प प्रभावित ६ जिल्ला गोरखा, सिन्धुपाल्चोक, नुवाकोट, दोलखा, रसुवा र धादिङ राखिएको छ ।
दुई समूहमा ३–३ टीम हुनेछ । नेपाली खेलाडीलाई अक्सनमा राखेर प्रत्येक टीममा एक खेलाडी राखिनेछ भने बाँकी हङकङका खेलाडी हुनेछन् ।
सिद्धान्तले नुवाकोट, सोमपालले गोरखा, शरदले सिन्धुपाल्चोक, शक्तिले दोलखा, बसन्तले रसुवा र भुवनले धादिङ टीमबाट खेल्नेछन् ।
प्रतियोगिताको विजेता टीमले अन्तिममा नेपालसँग छुट्टै सुपर ओभरको फाइनल खेल्ने नेपाल क्रिकेट संघका सीइओ भावना घिमिरेले अनलाइनखबरलाई जानकारी दिइन् ।
खेलका क्रममा उठेको रकम हङकङ क्रिकेट संघले नेपाललाई उपलब्ध गराउनेछ । नेपालले हालै मात्र मलेसियाले विश्व ११ सँग च्यारिटी म्याच खेलेको थियो ।
नेपाल क्रिकेट संघ क्यानका अनुसार नेपाली क्रिकेटरहरु बिहीबार नै हङकङ प्रस्थान गर्नेछन् ।


,

0 comments

Write Down Your Responses