Powered by Blogger.
ढकालले जिविसको नाममा मनपरी गरेको आरोप

बुद्धकुमार आछामी
सिन्धुली, २८ श्रावण, म जिल्लाको एक्लो अर्जुन हुँ भनेर आफुलाई घमण्ड गर्ने जिल्ला विकास समिति सिन्धुलीका सामाजिक बिकास अधिकृत सागर कुमार ढकालले जिल्ला विकास समिति सिन्धुलीको नाममा मनपरी गरेको आरोप लागेको छ । 
जिल्ला बिकास समितिकाे कार्यालय र इन्डेक्समा सामाजिक बिकास अधिकृत सागर कुमार ढकाल । फाेटाे बिजयकिल्ला डटकम 
बैशाख १२ र २९ गतेको बिनासकारी भुकम्प पछि सिन्धुलीमा दर्जनौं एनजीओ र आईएनजीओहरु विभिनन् खालका कार्यक्रमहरु लिएर प्रवेश गरेका छन । सागर ढकाल ती सवै आइएनजीओ र एनजीओहरुको मालिक जस्तै बनेको जिविस भित्रकै जिम्मेवार अधिकारीहरुको आरोप छ । 
कस्लाई कहाँ कार्यक्रम सञ्चालन गर्न अनुमति दिने, स्थानीय स्तरका संस्थाहरुको छनौटमा कस्लाई अगाडी ल्याउने भन्ने विषयमा जिविसको तर्फबाट सागर ढकालले मनपरि गर्दै आईरहेका आरोप समेत उनलाई लाग्ने गरेको छ ।  मनपरि गर्ने क्रमलाई कसैले नियन्त्रण गर्न नसक्दा ढकालले सबल परीयोजना सञ्चालनका लागी स्थानीय संस्था छनौटको निर्णयमा समेत स्थानीय विकास अधिकारीलाई समेत जानकारी नदिइकन आफुखुसी मनपरि गरेको जिविस श्रोतले बतायो ।
ढकालले सिंङ्गो जिल्ला विकास समितिको प्रतिनिधीत्व गर्दै संस्था छनौटको अन्तिम निर्णयमा हस्ताक्षर त गरे तर अन्तिम नतिजा प्रकाशित भएकाे केहि समय सम्म त्यो निर्णय र हस्ताक्षरलाई गुम्नाम राखे । संस्था छनौटमा असन्तुष्टी राख्दै जिल्लाका एक दर्जन गैर सरकारी संस्थाहरुले सबल परीयोजनाको कार्यालयमा तालाबन्दी गरिदिए । तालाबन्दी गर्दा समेत जिल्ला विकास समिति सिन्धुलीका स्थानीय विकास अधिकारी प्रदिप कुमार निरौलाले आफ्नो संलग्नता संस्था छनौट प्रक्रियामा नरहेको प्रष्टीकरण खुल्ला रुपमा दिएका थिए । निर्णयमा हस्ताक्षर गरेका सागर ढकालले समेत आफ्नो संलग्नता नरहेको दाबी गरिरहेका थिए । 
अन्तिममा संस्था छनौटको उक्त निर्णयमा सागर ढकालले हस्ताक्षर गरेको पुष्टी भएको छ । सागर ढकालले संस्था छनौट सम्बन्धी निर्णयमा हस्ताक्षर गरेर पनि सिंगो जिल्ला विकास समितिलाई नै ढाट्नुले छनौटमा आर्थिक चलखेल भएको बजार हल्लालाई पुष्टी गरेको एक नेताले बताए । 
संस्था छनौटमा जिविसको संलग्नता नरहेको बताउने स्थानीय विकास अधिकारी र जिविस भित्रकै कर्मचारीहरु सामाजिक विकास अधिकृत सागर ढकालले संस्था छनौटको अन्तिम निर्णयमा हस्ताक्षर गरेको पुष्टि भएपछि नतमस्तक भएका छन । जिविसकै एक कर्मचारीले भने, ‘सागर ढकालले जिविसको नाममा मनपरि गर्न पाउनु हुन्न, उहाँलाई जिविसले कार्वाही गर्नुपर्छ ।’
सागर ढकालले भने संस्था छनौट सम्बन्धी गरिएको निर्णयको सम्पूर्ण जिम्मेवारी लिन आफु तयार रहेको बताउँदै छनौट प्रक्रियामा सबलले फट्याइ गरेको दाबी गरे । उनले भने, ‘१५ दिन अगाडी नै रिजल्ट निकाल्दा हुने रहेछ तर सबलले प्रक्रिया बाँकी रहेको भन्दै १५ दिन पछि सार्यो, हामीले १५ दिन अगाडि गरेको मुल्याकंनकै आधारमा अन्तिम नतिजा प्रकाशन गयो ।’ सबलले अन्तिम नतिजा अर्को हुनसक्छ भनेर त्यहि रिजल्ट निकालेर बदमाशी गरेको ढकालको भनाई थियो । रकम चलखेलको बारेमा भने ढकालले आफुले १२ लाख होइन १२ पैसा पनि नलिएको बताउँदै आरोप लगाउनेलाई प्रमाणित गरिदिन आग्रह गरे ।
सबल परीयोजनाका जिल्ला संयोजक शुक्र पौडेलले भने निर्णयको सवै प्रक्रियामा स्थानीय विकास अधिकारीले तोकेर पठाएको व्यक्ति सागर ढकालकाे हस्ताक्षर र सहमति रहेको बताए । सबल परीयोजनाको कार्यालयमा तालाबन्दी गरेर आन्दोलनमा उत्रिएका गैर सरकारी संस्थाहरुले भने जिल्ला विकास समिति सिन्धुलीसँगको छलफल पश्चात अगाडि बढ्ने बताएका छन । परीयोजनाको कार्यालयमा लागेको ताला भने अहिले सम्म खुल्न सकेको अवस्था छैन । जिल्लामा कार्यक्रम सञ्चालन गर्न करोडौं रकम लिएर आएको परीयोजनाको कार्यालयमा लागेको ताला कहिले खुल्ने र परीयोजना कसरी सञ्चालन हुने भन्ने कुरा अनिश्चि बन्दै गएको छ । 


, ,

0 comments

Write Down Your Responses