Powered by Blogger.
के हो सबल ? किन विबादित बन्यो सिन्धुलीमा ?

के हाे सबल ?
सेभ द चिड्रेनले आफ्ना साझेदार संस्थाहरुसँग मिली नेपालका ६ जिल्लाहरु सिन्धुली, मकवानपुर, रामेछाप, खोटाङ्ग, अाेखलढुंगा र उदयपुरमा सामुदायीक समुत्थानका लागी दिगो विकास कार्यक्रम(SABAL) कार्यक्रम कार्यान्वयन गर्दैछ । सबल कार्यक्रम कार्यान्वयनका लागी युएसआइडीले ५ वर्षका लागी (सन २०१४–२०१९) सम्म सहयोग गरेको छ । यो कार्यक्रमको उदेश्य नेपालका विपनन् समुदायको समुत्थान गरी उनीहरुको जीवनमा सकारात्मक परीवर्तन ल्याउनु रहेको छ । यो कार्यक्रम नेपाल सरकारको कृषि विकास, स्वास्थ्य तथा जनसंख्या, संघीय मामला तथा स्थानीय विकास मन्त्रालय लगायत सम्बद्ध मन्त्रालयहरु जिल्ला तहका सम्बन्धीत कार्यालयहरु र स्थानीय गैर सरकारी संस्थाहरुसँग समन्यव गरी कार्यान्यवन हुने छ । 
लक्ष्य तथा रणनीतिक उदेश्य 

सबलको दिर्घकालीन लक्ष्य नेपालका विभिनन् जिल्लाहरुको लक्षित विपनन् समुदायको समुत्थान गर्नु हो । समुत्थान भन्नाले सबलले समावेशी बृद्धिलाई सहज बनाउने र दिर्घकालिन जोखीमलाई कम गरी व्यक्ति परिवार र समुदायको तनाब कम गर्न, सहन र त्यसबाट मुक्ति हुने क्षमता अभिबृद्धि गर्नु भन्ने अर्थमा समुत्थान सब्दको प्रयोग गरेको छ । सबलले ३ वटा रणनीतिक उदेश्य राखेको छ । (क) जिविकोपार्जनका उपायहरु सुदृढ र विविधीकरण गर्ने । (ख)स्वास्थ्य तथा पोषणको स्तरमा सुधार गर्ने । (ग). परिवार तथा समुदायको असर तथा तनाव कम गर्ने, अनुकुल गर्ने र त्यसबाट मुक्त हुने क्षमता सुदृढ गर्ने । 
कुन कुन हुन सबलका साझेदार संस्थाहरु ?
१.सेभ द चिड्रेन 
२.हेलेन केलर इन्टरनेशनल
३.केयर 
४.एक्सन फर इन्टरप्राइज
५.एक्सन एगेन्स्ट हुंगर एसीएफ इन्टरनेशनल
६.ट्यागो इन्टरनेशनल
७.एलाइन्स फर सोसल मोविलाइजेसन 
८.डेभलपमेन्ट प्रोजेक्ट सर्भीस सेन्टर(डेप्रोक्स)
९.लोकल इनिसीयटीभ फर बायोडाइभर्सीटी(लिवर्ड)
१०.नेपाल वाटर फर हेल्थ(नेवा)
११.नेपाली टेक्नीकल असीस्टेन्ट ग्रुप(एनटीएजी)
सिन्धुलीका लागी कुन कुन संस्थाले अावेदन दिएका थिए ?
१. सिन्धुली एकिकृत विकास सेवा(सिड्स)सिन्धुली
२.हाम्रो प्रयास नेपाल
३.मानव तथा राष्ट्रिय विकास समाज(हेन्ड्स)
४. रिलिफ नेपाल
५. सामाजिक विकासका लागी महिला जागरण, सिन्धुली
६.सिन्धुली ग्रामीण विकास समाज(रुढेसो)
७. सामाजिक जनजागरण विकास कार्यक्रम(सीपीएडी) सिन्धुली
८. सहकार्य नेपाल
१०.ग्रामीण महिला चेतना केन्द्र(भीडब्लुसीसी)
११.ग्रामीण आर्थिक शसक्तिकरण समाज(श्री सिन्धुली)
१२.महाभारत सक्रिय शान्ति समाज  
कुन कुन संस्था सटलिष्टमा परेका थिए ?   
१.ग्रामीण महिला चेतना केन्द्र(भीडब्लुसीसी) सिन्धुली
२. सामाजिक जनजागरण विकास कार्यक्रम(सीपीएडी) सिन्धुली
३.हाम्रो प्रयास नेपाल
४. सिन्धुली एकिकृत विकास सेवा(सिड्स)सिन्धुली
५. सिन्धुली ग्रामीण विकास समाज(रुढेसो)
६. ग्रामीण आर्थिक शसक्तिकरण समाज(श्री सिन्धुली)
७.सामाजिक विकासका लागी महिला जागरण, सिन्धुली
कुन हुन कार्यक्रम पाउने संस्था ?
१.हाम्रो प्रयास नेपाल
२. सिन्धुली एकिकृत विकास सेवा(सिड्स)नेपाल
सबल सिन्धुलीमा आएपछि के–के भएको थियो ?
जिविस श्रोतका अनुसार सबल परियोजना सञ्चालन गर्न जिल्ला विकास समितिले अनुमति दिएपछि जिल्ला विकास समिति सिन्धुलीमा भएको सर्वदलीय सर्वपक्षिय छलफलमा ३ वटा निर्वाचन क्षेत्रमा कार्यक्रम सञ्चालन गर्नका लागी स्थानीय ३ वटा संस्थालाई कार्यक्रम दिने निर्णय र सहमति भएको थियो ।(विशेषत काग्रेस, एमाले र एमाओवादीका संस्थालाई मिलाएर दिने मौखीक समझदारी भएको थियो)
कस्ले गर्यो सहमतिको उल्लंघन ? 
सहमति गर्ने नेताहरुसँग नै यस्को जवाफ छैन । तीन क्षेत्रमा कार्यक्रम सञ्चालनका लागी ३ वटा संस्थालाई कार्यक्रम दिने सहमति गर्ने नेताहरु यतिवेला जिल्ला विकास समिति सिन्धुलीका सामाजिक विकास अधिकृत सागर ढकाललाई दोष दिईरहेका छन । सहमतिको उल्लंघन राजनैतिक पार्टी र जिविसले गरेको होइन केवल एउँटा व्यक्तिले मनपरी गरेको उनीहरुको तर्क छ । 
किन र कस्ले लगायो सबलमा ताला ?
सबलले संस्था छनौटमा मनपरि गरेको भन्दै १ दर्जन भन्दा बढी संस्थाहरुले तालाबन्दी गरिदिए । विशेषत आवेदन दिएका तर छनौटमा नपरेका संस्थाहरु तालाबन्दी गर्न अगाडि देखिए । त्यसमा काग्रेस, एमाले र एकीकृत माओवादी सम्बद्ध संस्थाहरु छन । गैर सरकारी संस्था महासंघका केन्द्रिय सचिब देखी जिल्ला स्थित गैर सरकारी संस्था महासंघ पनि तालाबन्दीको पक्षमा उभिए । तीन वटै राजनैतिक पार्टीका जिल्ला तहका नेताहरु तालाबन्दीको पक्षमा उभिए । र निर्णयलार्य सच्याउनु पर्ने धारणा राखीरहे । 
संस्था छनौटको निर्णय किन बिवादीत भयो ? 
स्थानीय विकास अधिकारी संयोजक रहेको संस्था छनौट समितिले जब २ वटा संस्था छनौट गरिएको अन्तिम नतिजा प्रकाशन गर्यो त्यहिबाट विवाद सुरु भयो । १ दर्जन गैससहरुले सबलमा तालाबन्दी गरिदिए भने छनौट समितिका संयोजक रहेका स्थानीय विकास अधिकारी प्रदिप कुमार निरौलाले छनौटमा आफ्नो र जिविसको सहभागीता नरहेको र सबलले मनपरि गरेको सार्वजनिक रुपमै बताए । जिविसको प्रतिनिधीत्व गरेर संस्था छनौटको काममा पुगेका सागर कुमार ढकालले समेत आफुले अन्तिम निर्णयमा हस्ताक्षर नगरेको र सबलले मनपरि गरेको बताए । छनौटमा नपरेका गैरसरकारी संस्थाहरु सबलको कार्यालयमा तालाबन्दी गरेर सबलसँग छलफल र बार्तामा बसे । केहि दिन पछि सबलका जिल्ला संयोजक शुक्र पौडेलले संस्था छनौटको अन्तिम निर्णयमा जिविसको सहमति र जिविसको प्रतिनिधीको रुपमा सागर कुमार ढकालको हस्ताक्षर रहेको कुरा सार्वजनिक गरिदिए । 
चर्चामा सबल र सागर 
यतिवेला जिल्लामा करौडो रकम लिएर कार्यक्रम सञ्चालन गर्न आएको सबल परीयोजना र जिल्ला विकास समिति सिन्धुलीका सामाजिक विकास अधिकृत सागरकुमार ढकाल चर्चामा रहेका छन । सबल परियोजना सञ्चालनका लागी स्थानीय संस्था छनौटमा जिविसको तर्फबाट सहभागीता जनाउँदै निर्णयमा हस्ताक्षर गरेर पनि ढाटिरहेका सागर ढकाल बास्तविकता बाहिर आएपछि निक्कै चर्चाका पात्र बनेका छन भने सबल परीयोजना उस्काे कार्यालयमा लागेको तालाका कारण  सवैको लागी चर्चा र चासोको विषय बनेको छ । 
अब के हुनसक्छ ? 
अब के हुन सक्छ भन्ने विषय निक्कै चासोको विषय बनेर आएको छ । सबल फर्केर जान्छ वा जिल्लामा कार्यक्रम सञ्चालन गर्छ ? जिविसको तर्फबाट प्रतिनिधीत्व गरेर मनपरि गर्ने सागर ढकाललाई कार्वाही हुन्छ वा स्थानीय विकास अधिकारीले सम्पूर्ण जिम्मा लिन्छन ? सबल परीयोजनाले छनौट भएका २ वटा संस्था मार्फत नै जिल्लामा आफ्ना कार्यक्रम अगाडि बढाउछ वा पुन संस्था छनौटको लागी सुचना प्रकाशन गर्छ ? यी प्रश्नहरु बजारमा उब्जीएका छन । सबलको बारेमा के निर्णय हुन्छ भन्न सक्ने अवस्था छैन । 
प्रस्तुतीः बुदकुमार अाछामी





, ,

0 comments

Write Down Your Responses