Powered by Blogger.
आज १ घण्टाका लागी सिन्धुली बन्द

बुद्धकुमार आछामी 
सिन्धुली, २९ श्रावण, सिन्धुलीलाई प्रदेश नं.३ बाट निकालेर प्रदेश नं.२ मा गाभ्ने षड्यन्त्र भएको भन्दै सिन्धुलीबासीहरु स्वतस्र्फूत रुपमा आन्दोलनमा उत्रिएका छन । 
सिन्धुली सचेत छ , सिन्धुलीलाई प्रदेश नं.२ मा गाभ्न पाईदैन भन्दै दिउसाे ४ बजेदेखि ५ बजेसम्म १ घण्टा सिन्धुलीमाढी बजार बन्द गरिने आन्दोलनमा उत्रिएका आन्दोलनकारीहरुले बताएका छन । अहिले सिन्धुलीमाढी बजार बन्द गरिएको छ । सिन्धुलीबाट चल्ने यातायातका साधन, बजारका पसलहरु बन्द गरेर व्यापारीहरु समेत बन्द गर्न सडकमा उत्रिएका छन । 
सिन्धुलीलाई प्रदेश नं.२ मा गाभ्ने निर्णय नभइनसकेको भएपनि केहि नेताहरुले आफ्नो स्वार्थ पुरा गर्नका लागी सिन्धुलीलाई प्रदेश नं.२ मा गाभ्ने षड्यन्त्र गरेको भन्दै आन्दोलन सुरु गरिएको हो । सिन्धुलीलाई मधेशमा मिसाउने निर्णय गरेमा सिन्धुलीबासीहरु कडा आन्दोलनमा उत्रन बाध्य हुने समेत आन्दोलनकारीहरुले बताएका छन ।
सुक्रबार दिउसाे नै सिन्धुलीलाइ ३ नं.प्रदेशमा नै कायम राख्नु पर्ने बिषयमा अान्दाेलन गर्न उधयाेग बाणिज्य संघ सिन्धुलीमा सर्वपक्षीय छलफल भएकाे थियाे । छलफल पछि १ घन्टाका लागी सिन्धुली बन्द गर्ने कार्यक्रम तय भएकाे हाे । 
छलफलका केहि दृश्यहरू 







,

0 comments

Write Down Your Responses