जनजातिहरूले गरे बन्दसहितको आन्दोलन घोषणा
२९ साउन, काठमाडौं । संविधानको मस्यौदामा आदिवासी जनजातिको मुद्दा सम्बोधन नगरेको भन्दै नेपाल आदिवासी जनजाती महासंघले नेपाल बन्दसहितको आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
महासंघले भदौ १ गते संविधानको मस्यौदा जलाउने, २ गते दबाबमूलक र्याली, भदौ ४ गते मार्चपाससहित बानेश्वर घेराउ र भदौ ५ गते शान्तिवाटिकाबाट मसाल जुलुस छन् । जनजाति महासंघले भदौ ६ र ७ गते नेपाल बन्द गर्ने घोषणा समेत गरेको छ ।
जनजाति महासंघका अध्यक्ष एवं सभासद नागेन्द्र कुमालले आदिवासी जनजातिको मुद्दाको सम्बोधन नभएसम्म आन्दोलन चलिरहने बताए ।
जनजाति महासंघले आन्दोलनका क्रममा मधेसी, थारु, दलित तथा धार्मिक संघ संस्थासँग सहकार्य गरिने समेत बताएको छ ।(अनलाइनखबरबाट)
0 comments
Write Down Your Responses