Powered by Blogger.
मस्यौदा समितिबाट प्रभु साहले दिए राजीनामा

सभापति कृष्ण सिटौलाले मनोमानी गरेको आरोप
२९ साउन, काठमाडौं । एकीकृत नेकपा माओवादी सभासद प्रभु साहले संविधान मस्यौदा समितिबाट राजीनामा दिएका छन् ।
मस्यौदा समिति संविधानको विधेयक बनाउने तयारीमा जुटिरहेका बेला सभासद साहले समिति सदस्यबाट राजीनामा दिएका हुन् ।

साहले मस्यौदा समितिका सभापति कृष्ण सिटौलाले साहले विगतका सहमति र सम्झौतालाई लत्याएको र मनोमानी ढंगले अघि बढेको आरोप लगाएका छन् ।
पहिलो संविधानसभाले सर्वसम्मत रुपमा गरेका निर्णय, दोस्रो संविधानसभाले स्वामित्व ग्रहण गरेका तथा सम्वाद समितिले सहमति गरेका विषयहरु मस्यौदा समितिले उल्टाएको उनको आरोप छ ।
मस्यौदा समितिले मधेसी लगायतको अधिकार र अग्रगामी मुद्धाहरु उल्टाएको भन्दै सभासद साहको राजीनामा भनिएको छ-‘उत्पीडित समुदायको अधिकारसँग सम्वन्धित विषय खोजी खोजी उल्टाउने कार्य भएको छ ।’
मस्यौदा समितिका सभापति सिटौलाले बैठकको कार्यसूचीमै नराखी आफू खुसी कार्यदल घोषणा गरेको र कार्यदल सदस्यभन्दा तीन गुणाबढी आमन्त्रित सदस्य राखेर मस्यौदा लेख्न गर्ने र समितिलाई किनारा लगाउने काम गरेको उनको आरोप छ ।
उनले भनेका छन्-‘अवैधानिक, गलत एवं जनविरोधी कार्यको लाचार छाँया र निरिह बनेर चुपचाप हेरेर बस्ने मेरो नैतिकताले नदिएको हुनाले म यस मस्यौदा समितिबाट आजको मितिले लागू हुने गरी राजीनामा दिएको छु ।’


,

0 comments

Write Down Your Responses