Powered by Blogger.
बन्दको प्रचार गर्ने वैद्य कार्यकर्ता पक्राउ


३० साउन, काठमाडौं । बन्दको प्रचार गर्दै हिडेका वैद्य माओवादीका एक दर्जन बढी कार्यकर्ता पक्राउ परेका छन् ।
दुई दिने आमहड्तालको माइकिङ गर्दै हिडेका नेकपा-माओवादीका कार्यकर्ताहरुलाई काठमाडौंको विभिन्न ठाउँबाट पक्राउ गरेको केन्द्रीय सदस्य रामदीप आचार्यले  बताए ।
बन्दको प्रचारप्रसार गर्दै हिडेका वैद्य माओवादी निकट विद्यार्थी अखिल क्रान्तिकारीका केन्द्रीय सदस्य राजकुमार श्रेष्ठ, महेश्वर श्रेष्ठ, मजदुर संगठनको केन्द्रीय सदस्य सूर्य लामा सहित एक दर्जनलाई लाजिम्पाटबाट पक्राउ गरेको आचार्यले बताए ।
पक्राउ परेका उनीहरुलाई प्रहरी वृत्त दरबारमार्गमा राखिएको छ ।
यस्तै नेपाल बन्द गरौं भनेर माइकिङ गर्दै हिँड्ने तमलोपाका कार्यकर्ता ललितपुरको जावलाखेलबाट पक्राउ परेका छन् । चढेर माइकिङ गर्दै हिँडेका सुरेन्द्र मण्डल र उनको गाडीलाई प्रहरीले शनिबार बिहान नियन्त्रणमा लिएको हो ।
कार्यकर्ता पक्राउको पुष्टि गर्दै तमलोपा नेता जितेन्द्र सोनलले अनलाइनखबरसँग भने- ‘अरु बेला नेपाल बन्दको माइकिङ गर्न पाइन्थ्यो, तर आज हाम्रो कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लियो, यो लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप हो ।’
६ प्रदेशको सीमांकन तथा प्रस्तावित मस्यौदा खारेजीको माग गर्दै मोहन वैद्य नेतृत्वको नेकपा-माओवादी, उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम लगायतका दलहरुले साउन ३१ र ३२ गते आम हड्तालको घोषणा गरेको छ ।


,

0 comments

Write Down Your Responses