Powered by Blogger.
मन्त्री बस्नेत अस्पताल भर्ना

३१ साउन, काठमाडौं । उद्योगमन्त्री महेश बस्नेत अस्पताल भर्ना भएका छन् । भक्तपुरको नागरिक सामुदायिक अस्पतालमा उनको एपेन्डिसाइडको शल्यक्रिया  हुँदैछ ।
मन्त्री बस्नेतलाई शनिबार बेलुकीदेखि पेट दुख्न थालेको र रातभरी वान्ता गरेको स्वकीय सचिवालयले जनाएको छ । पेट दुखाई असैह्य भएपछि शनिबार बिहान साढे तीन बजे उनलाई अस्पताल पुर्‍याइएको थियो । प्रारम्भिक परिक्षणमै डाक्टरहरुले एपेन्डिसाइड पहिचान गरेर तत्कालै शल्यक्रिया गर्न सुझाएका छन्
उनको शल्यक्रिया डा. राकेश बर्मा नेतृत्वको टोलीले गर्ने भएको छ । स्वास्थ्यमन्त्री खगराज अधिकारीले बिहानै अस्पताल पुगेर मन्त्री बस्नेतलाई भेटेका छन् ।


,

0 comments

Write Down Your Responses