Powered by Blogger.
यस्ताे देखियाे देशभर बन्दकाे प्रभाव (तस्वीरसहित)

३१ साउन, काठमाडौं । ६ प्रदेशको सीमांकनप्रति असन्तुष्ट बैद्य माओवादी, जनजाति र मधेस केन्द्रित दलहरुले संयुक्तरूपमा आह्वान गरेको बन्दका कारण अाइतबार बिहानैदेखि देशभरको जनजीवन प्रभावित भएको छ । तरार्इमा थरूहट समेतकाे दाेहाेराे बन्दले जनजीवन प्रभावित भएकाे छ ।

काठमाडौं उपत्यकामा सार्वजनिक सवारी साधन चलेका छैनन् । सडकमा निजी मोटरसाइकल निकै कम चलेका छन् । यसैवीच बन्दकर्ताले बबरमहलमा बा २ ख ९६६१ नम्बरको बसमा तोडफोड गरेका छन् ।
बिहानै चाबहिल र गाैशाला क्षेत्रमा केही टेम्पाे र बस चलेका देखिन्थे । बन्दकर्ताहरू सडकमा काेही थिएनन् । कतिपय स्थानमा वैद् माअाेवादीका कार्यकर्ताहरू झण्डासहित सडकमा निस्किएका थिए ।
जबरजस्ती बन्दै गराउँदै हिँडेका बन्दकर्ताहरुलाई प्रहरीले ठाउँ ठाउँबाट  पक्राउ गरेको छ । कालिमाटी बल्खु क्षेत्रबाट १४ जना, कोटेश्वरबाट ६ जना र रत्नपार्क क्षेत्रबाट ५ जना पक्राउ परेका छन् ।
देशभरि प्रभाव
बन्दका कारण देशका विभिन्न स्थानको जनजीजन प्रभावित भएको छ । सीमांकनको विरोधमा बैद्य माओवादी, संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा, लिम्बुवानसहितका पार्टीले आज र भोलि दुर्इ दिने बन्द आह्वान गरेका छन् ।

तराईका जिल्लाहरुमा भने दोहोरो बन्द परेको छ । थरुहट तराई संघर्ष समितिले एक हप्तादेखि लगातार बन्द गर्दै आएको छ । लगातारको बन्दले थारु बाहुल्यता रहेको कैलाली, बाँके, बर्दिया, नवलपरासी लगायतको जनजीवन कष्टकर बनेको छ ।
यसैबीच बन्दमा सवारी गुडाएको भन्दै बन्दकर्ताले रिपोर्टस क्लबका अध्यक्ष तथा पत्रकार ऋषि धमला चढेको गाडी तोडफोड गरेका छन् । उनी सवार बा ५च ४७७८ कार बन्दकर्ताले वीर अस्प्ताल अगाडि तोडफोड गरेका हुन ।













, ,

0 comments

Write Down Your Responses