Powered by Blogger.
रोनाल्डो बने सबैभन्दा दानी खेलाडी

३१ साउन, काठमाडौं । क्रिष्टियानो रोनाल्डो सबैभन्दा बढी दान गर्ने खेलाडी बनेका छन् ।
हालै जारी २० परोपकारी खेलाडीको सूचीमा रोनाल्डो शीर्ष स्थानमा रहेका छन् । डूसमथिङ डट कमका अनुसार रियल मड्रिड एवं पोर्चुगलका स्टार रोनाल्डोले १० वर्षीय समर्थकको ब्रेन सर्जरीका लागि ८३ हजार डलरभन्दा बढी सहयोग गरेका थिए ।
यस्तै उनले आफ्नो आमाको उपचार गरिएको पोर्चुगलको क्यान्सर सेन्टरलाई १ लाख ६५ हजार डलरभन्दा बढी दान गरेका छन् ।
दानी खेलाडीहरुको सूचीमा रेसलिङका जोन सिना दोस्रो स्थानमा छन् । अमेरिकन टेनिस सुन्दरी सेरेना विलियम्स तेस्रो, दक्षिण कोरियाका युना किम चौथो स्थानमा छन् ।
बार्सिलोना तथा ब्राजिलका स्टार फुटबलर नेयमार सूचीको पाँचौं स्थानमा छन् । सूचीको २० औं नम्बरमा पाकिस्तानी क्रिकेटर शाहिद अफ्रिदी परेका छन् ।


,

0 comments

Write Down Your Responses