Powered by Blogger.
नवलपरासीमा बन्दकर्ताले तीन गाडी जलाए

परासी, साउन ३१ – नवलपरासीको बासाबसहीमा बन्दकर्ताले तीनवटा गाडी जलाएका छन् । पूर्वपश्चिम राजमार्ग अन्र्तगत बर्दघाट–सुनवल सडकखण्डको तिलकपुरको तुलसीनगरमा शनिवारराती बन्दकर्ताले २ वटा ट्रक र आइतबार विहान एउटा पिकअप भ्यान जलाएका हुन ।

बन्दकर्ताले ना ३ ख ६९२६ को ट्रक र बा १० च ३३१३ नम्बरको पिकअप भ्यान र नम्बर नखुलेको एक ट्रकसहित ३ वटा गाडी जलाएका छन् । नवलपरासीमा लगातार रुपमा थारुहट मधेशी संयुक्त संर्घष समिति र अखण्ड नवलपरासी सघर्ष समिति र वैद्य माओवादीलगायतको बन्द हुँदै आएको छ ।
त्यसैवीच नम्बर नखुलेको टकले गाडी भगाउन खोज्दा भएको दुर्घटनामा ट्रक चालक रविलाल गुरुङको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपरासीले बन्दकर्ताको समूह देखेर भाग्न खोज्दा ट्रक पल्टिएको स्थानीयले बताएका छन् ।


,

0 comments

Write Down Your Responses