कलर्स ‘के १५ रक’ अपग्रेडेड भर्सनमा भित्रियो
१ भदौ, काठमाडौं । कलर्स मोबाइलको पर्ल ब्ल्याक सिरिजको स्मार्टफोन ‘के १५ रक’ अपग्रेडेड भर्सनमा भित्रिएको छ ।
यसमा ४ जीबीको स्टोरेज क्षमता बढाएर ८ जीबी पुर्याइएको छ भने एन्ड्रोइड ओएस ४.२ किटक्याट परेटिङ सिष्टमलाई ललिपप ५.१ मा अद्यावधिक गरिएको छ ।
यसमा १.३ गेगाहर्ज क्वाडकोर प्रोसेसर रहेको छ भने ५ इञ्चको एचडी आइपिएस टचस्क्रिन विद्यमान छ । जसले ठूलो, स्पष्ट र बृहत दृश्यको मज्जा दिलाउनेछ ।
८ जीबी आन्तरिक मेमोरी रहेको के १५ रकमा आवश्यकता अनुसार माइक्रो एसडी कार्डमार्फत ३२ जीबीसम्म विस्तार गर्न सकिन्छ । रयसमा १ जीबी र्याम रहेको छ ।
नयाँ पुस्ताको के १५ रकको डिजाइन शक्तिशाली वैकल्पिक ब्याट्री चाहनेलाई लक्षित गरी गरिएको छ । यसमा २२५० एमएएच ब्याट्री छ ।
यसैगरी यसमा १.३ मेगापिक्सल रियर क्यामेरा र २ मेगापिक्सेल फ्रन्ट क्यामेरा रहेको छ । यसको मूल्य नेपाली बजारमा १४ हजार २ सय ५ रुपैयाँ तोकिएको छ ।
टेलिटक प्रालीले सन् २००९ देखि कलर्स मोबाइल उपलब्ध गराउन थालेकोे हो । कलर्स अहिले नेपालको सर्वाधिक लोकपि्रय मोबाइल बन्न सफल भएको कम्पनीको दाबी छ । कम्पनीका अनसार १५ लाख नेपालीको हातमा कलर्स मोबाइल पुगिसकेको छ ।
0 comments
Write Down Your Responses