Powered by Blogger.
बानेश्वरमा सिन्धुलीबासीले भने, खबरदार हामीलाई सारिएला


काठमाडौं । २ भाद्र । सिन्धुलीका नेता तथा वुद्धिजिवीले सिन्धुली जिल्लालाई कुनै पनि हालतमा प्रदेश नम्वर दुईमा मिसाउन नहुने र त्यस्तो गरिए सह्रय नहुने चेतावनी दिएका छन् । काठमाण्डौंको नयाँ मिनभवनको सडकमा संवृद्ध सिन्धुली नागरिक अभियाले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेताहरुले यस्तो चेतावनी दिएका हुन् । एकीकृत नेकपा माओवादीका कोषाध्यक्ष एवं सिन्धुली क्षेत्र नम्वर तीनका सभाषद् तथा हरिवोल गजुरेलले हामी तराई मधेशको विरोध होइनौ, तर सिन्धुली प्रदेश नम्वर तीनमा रहँदा सिन्धुलीका जनताको हित हुने वताए । उनले सिन्धुलीलाई प्रदेश नम्वर दूईमा लाने निर्णय नभएको तर, केहि मधेश केन्द्रित दलका नेताले सिन्धुलीलाई प्रदेश नम्वर दूईमा हाल्न माग गरेको बताए । नेता गजुरेलले सिन्धुलीलाई प्रदेश नम्वर दूईमा लाने भन्ने कुरा असंभव भएको स्पष्ट पारे ।
यस्तै एनेकपा माओवादीका नेता लिलामणि पोख्रेलले पनि ऐतिहासिक जिल्ला सिन्धुलीलाईको संवृद्धिका लागि सिन्धुली प्रदेश नम्वर तीनमा नै रहनु पर्नेमा जोड दिए । यस्तै नेपाली काँग्रेसका नेता एवं पुर्वस्वास्थ्य मन्त्री विपिन कोइरालाले सिन्धुलीलाई प्रदेश दूईमा मिसाईए त्यो आफुहरुलाई मान्य नहुने बताए । सिन्धुलीको भविष्य ओझेलमा पार्न यस्तो षडयन्त्र हुन सक्ने उनको भनाई थियो । नेपाली काँग्रेसका जिल्ला सभापति एवं सभाषद् मोहन बराललले आफुले सिन्धुलीलाई दूई नम्वर प्रदेशमा हाल्ने कुरै नगरेको बताए । सिन्धुलीलाई दूई सार्नेमा सहमत जनायो भनेर आफनो राजनितिलाई अप्ठारोमा पार्न केहि व्यक्ति लागि परेको उनको गुनासो थियो । नेकपा एमालेका सभाषद् गणशे पहाडीले भने सिन्धुलीको अस्तित्व मेटाउने यस्तो षडयन्त्र हुन लागेको धारणा राखे ।

 उनले पनि सिन्धुलीलाई प्रदेश नम्वर तीनवाट कुनै पनि हालतवाट छुटाउन र टुक्राउन नदिने बताए । नेपाली काँग्रेसकी सभाषद् दिपशिखा ढकालले पनि सिन्धुलीलाई तीनवाट दूईमा लगिए आफुहरुलाई मान्य नहुने बताईन् । एकीकृत नेकपा माओवादीका जिल्ला अध्यक्ष राजन दाहालले पनि सिन्धुलीलाई दुईमा लगे सिन्धुलीका जनताले काठमाण्डौ घेर्ने चेतावनी दिए । हामी मधेश विरोधी नभई आफनो अधिकार सुरक्षित गर्न लागि परेको उनको भनाई थियो । 

नेकपा एमालेका जिल्ला अध्यक्ष प्रदिप कटुवालले पनि सिन्धुलीलाई दूईमा सार्न नहुने र त्यस्तो भुल गरिए द्धन्द्ध हुने बताए । राप्रपाका नेता उज्वल थापाले पनि सिन्धुली दूई नम्वर प्रदेशमा गाभ्न नदिने र त्यसो गरिए आफुहरुलाई मान्य नहुने बताए । वरिष्ठ पत्रकार डाक्टर सुरेश आर्चायले सिन्धुलीको भुवनोट केन्द्र प्रदेशसँग मिल्ने भएकाले दूईमा सारिनु नहुने बताए । कार्यक्रमा एमाओवादी नेता गंगा श्रेष्ठ, कल्पना सुवेदी, कमल दाहाल, नेकपा वैद्य माओवादीकी नेत्री निरु दर्लामी, शिक्षाविद् डाक्टर केशव भट्राई लगाएत नेता तथा वुद्धिजिवी, पत्रकार, कर्मचारी कलाकारको ठुलो संख्यामा सहभागिता रहेको थियो । (जनता खबर डटकमबाट)

कार्यक्रमका केही झलकहरू 












फाेटाहरूः बिभिन्न व्यतीकाे फेसबुकबाट संकलित 



, ,

0 comments

Write Down Your Responses