Powered by Blogger.
गृहमन्त्री गौतमको पुत्ला दहन

२ भदौ, कावासोती । सप्तरीमा प्रहरीको गोली लागेर राजीव राउतको मृत्यु भएको घटनाको विरोधमा संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा नवलपरासीले गृहमन्त्री बामदेव गौतमको पुतला जलाएको छ । बुधबार बेलाटारीमा बिरोध र्‍याली निकालेर गृहमन्त्रीको पुत्ला जलाइएको हो ।
विरोध र्‍याली त्रिभुवन क्याम्पस बेलाटारीको प्रांगणमा कोणसभामा परिणत भएको थियो । घटनाको विरोधमा नवलपरासीका सेमरी, महेसपुर, झुलनीपुर, बेलाटारी, रानीनगर लगायतका बजारहरु बन्द गरिएको छ ।
त्यसैगरी मधेसीमोर्चा र थरुहटले आह्वान गरेको बन्दको प्रभाव नवलपरासी सदरमुकाम परासी लगायतका क्षेत्रमा परेको छ । पूर्वपश्चिम राजमार्गमा भने गाडीहरु चलिरहेका छन् । प्रहरीको स्कर्टिङमा गाडीहरु चलिरहेको पत्रकार रामकुमार श्रेष्ठले जानकारी दिएका छन् ।
रोकिएका गाडी पूर्वतर्फ पठाइयो

यसैबीच संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा र थारु कल्याणकारी सभाको बन्दका कारण सिरहाको बन्दीपुर, मिर्चैयालगायतका स्थानमा रोकिएका सवारीसाधनलाई सिराहा प्रहरीले सुरक्षा दिएर गन्तव्यतर्फ पठाएको छ ।
राजधानी काठमाडौंसहित विभिन्न स्थानबाट आएका मालबाहक ट्रक तथा यात्रुबाहक बस गरी २०० भन्दा बढी सवारी साधनलाई सकुशल गन्तव्यतर्फ पठाएको सिरनहाका प्रमुख जिल्ला अधिकारी डा. मानबहादुर विकेले जानकारी दिए ।
सवारी साधन सुचारु गर्ने सन्दर्भमा प्रहरी र प्रदर्शनकारीको झडपका कारण तीन दिनदेखि तनाबग्रस्त सिराहाको मिर्चैया अहिले शान्त छ । तर बजार, पसल, शिक्षण संस्थाहरु बन्द छन् ।


,

0 comments

Write Down Your Responses