Powered by Blogger.
बिप्लब माओवादीले मनायो रामवृक्ष स्मृती दिवस

रामबृक्षको सपना माथी घात भयो – विप्लब 
बुद्धकुमार आछामी 
सिन्धुली, २ भाद्र, विप्लब नेतृत्वको नेकपा माओवादीले बुधबार एक समारोह वीच सहिद रामबृक्ष यादवको २१ औं स्मृति महोत्तरीको बर्दिबासमा मनाएको छ । जनकपुर उपव्यूरोको आयोजनामा भएको स्मृति सभालाई सम्बोधन गर्दै नेकपा माओवादीका महासचिब नेत्रविक्रम चन्द(विप्लब)ले रामबृक्ष यादवको सपना माथि एकीकृत माओवादीका नेताहरुले घात गरेको बताए । 
स्मृति सभालाई सम्बोधन गर्दै महासचिब विप्लबले भने, ‘शहीद रामबृक्ष यादव लगायत हजारौं शहीदहरुले जुन सपना र लक्ष लिनुभएको थियो त्यो बीचैमा घात भएको छ ।’ उनले एकीकृत माओवादीले नै सवैभन्दा बढी शहीदको सपना माथि घात गरेको समेत बताए । 
नेता विप्लबले देश प्रतिगमन तिर गएको बताउँदै प्रतिगामी शक्तिहरुको सहकार्यमा घोषणा हुने संविधान जनताले जलाउँने र संविधान जारी भएकै दिन शोषित उत्पीडित जनताले आफ्नो पक्षको अर्को संविधान जारी गर्ने समेत दाबि गरे । उनले भने, ‘जनताले प्रतिक्रियावादीहरुको संविधान मान्दैनन् ।’
अहिले बन्ने संविधानले जनजिविका, राष्ट्रियता र जनतन्त्रको सवाललाई पुरा गर्न नसक्ने भएकाले जनता पक्षको अर्को संविधान निर्माण गर्न आफ्नो पार्टी जस्तो सुकै मुल्य चुकाउन तयार भएर लागेको समेत महासचिब विप्लबले बताए ।
कार्यक्रममा केन्द्रिय सदस्य इश्वरी दाहाल(असारे काका), गुणराज लोहोनी र चित्र बहादुर आले लगायत नेताहरुको उपस्थिती रहेको थियो । सिन्धुली हुँदै बुधबार नै बर्दिबासमा आयोजित स्मृतिसभालाई सम्बोधन गर्न पुगेको विप्लब बुधबार सिन्धुलीनै फर्किएका छन । 
बुधबार सिन्धुलीमै बस्ने पार्टी निकट श्रोतले बताए पनि कहाँ बस्ने भन्ने बारे खुलाइएको छैन । श्रोतका अनुसार बुधबार नै पार्टी प्रवेशको कार्यक्रम समेत रहेको बुझिएको छ । 
सहिद यादवलाई २०५१ साल भदौ २ गते धनुषाको बरमझियामा पार्टी काम सकेर घर फर्कै गर्दा तत्कालिन राज्य पक्षले दिनदहाडै हत्या गरेको थियो । उनका छोरा शेखर यादवले पनि जनयुद्धका क्रममा सहादत प्राप्त गरेका थिए भने जीवन संगीनी रामकुमारी यादवको २०६७ सालमा ग्यास दुर्घटनामा मृत्यु भएको थियो ।
कार्यक्रमका केही झलकहरू 












,

0 comments

Write Down Your Responses