Powered by Blogger.
आन्दोलनको नाममा दुई-तीन सय मार्ने योजनाको सूचना आयो : अनन्त

२ भदौ, काठमाडौं । एकीकृत नेकपा माओवादीका सचिव वर्षमान पुन अनन्तले आन्दोलनको नाममा दुई तीन सय मार्ने योजना भएको सूचना आफूले पाएको दाबी गरेका छन् ।
रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने-आन्दोलनमा बल प्रयोग गरेर भड्काउने काम गर्नु हुँदैन । दुई तीन सय मान्छे मार्ने योजना बन्दै गरेको जानकारी आएको छ । संविधान बन्न नदिने योजना छ । यसमा सचेत हुनुपर्छ ।’

थारुवान, मगरात, कर्णालीमा संघीयताको सिद्धान्त विपरित सीमांकन भएकोले त्यस क्षेत्रमा आन्दोलन भएको भन्दै उनले उनीहरुको माग सम्बोधन गरिने बताए । उनले भने-कणर्ाली स्वायत्त क्षेत्र हुन्छ । मगरात र थारुवानको क्लष्टर मिलाइन्छ ।’

अहिले जायज माग राखेर आन्दोलन गर्नेहरुसँगै निहुँ खोजेर संविधान जारी हुन नदिनेहरु पनि लागिपरेको भन्दै त्यस्ता समूहसँग सम्झौता नगरी भण्डाफोर गरिने स्पष्ट पारे ।

कांग्रेस नेता रमेश लेखकले नेपाल विविधाताले भरिएको र मिश्रति बसोबास भएकोले एउटै जाती भाषाको प्रदेश बन्न असम्भव रहेको बताए ।

कार्यदलले सबै विषय टुङग्याएर मस्यौदा समितिमा प्रतिवेदन बुझाईसकेको र मस्यौदा समितिले अन्तिम प्रतिवेदन बनाएर संविधानसभामा पेश गर्ने बताए । उनले संविधान लेखन प्रक्रियालाई रोक्ने गरी पनि विचारहरु आउन थालेको त्यसतर्फ सजग भएर अघि बढ्नु पर्ने आवश्यकता औल्याए ।

कार्यक्रममा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले उनले आफू कसरी मुख्य मन्त्री बन्न सकिन्छ भन्ने सिमित क्षेत्रकेा समस्या समाधान गर्ने सोचबाट नेताहरुले लागेकोले समस्या आएको बताए ।

देशको प्रधानमन्त्री, राष्ट्रपति र मन्त्री बन्छु भन्ने राष्ट्रिय भावना लिएर अघि बढ्नु पर्ने भन्दै उनले भने-अखण्डको संकुचित सोचले समस्या ल्याएको हो ।

नेपाल सद्भावना पार्टीका अध्यक्ष अनिलकुमार झाले सीमानाको विषयमात्रै नभई प्रदेशको अधिकार, पहिचान सहितका धेरै विषयका कारण मधेसमा आन्दोलन भएको दावी गरे । उनले अहिलेको सीमांकन कुनै सिद्धान्त अनुसार नभएकोले नमान्ने बताए ।(साभार अनलाइन खबरबाट)


,

0 comments

Write Down Your Responses