Powered by Blogger.
वैज्ञानिकहरुले बनाउँदैछन् आकाश छुने सिँढी

अब भर्‍याङ चढेर अन्तरीक्षमा
बाल्यकालमा कल्पना गरिने धेरै कुराहरुमध्ये उडेर आकाशको बादल छुने कल्पना मुख्य हुन्छ । उडेर मात्र होइन आकाशसम्मै पुग्ने लामो भर्‍याङ ठड्याउन पाए त सिधै बादलुसम्म पुगिन्थ्यो नी भनेर पनि सायद सोँच्नुभयो होला आफ्नो बाल्यकालमा ।


आकाश छुने भर्‍याङ, यो त आखिर कल्पना न हो, एउटा दिवास्वप्न जस्तै भन्नुहोला । तर अब यो कुरा केवल कल्पना तथा सपनामै मात्र सिमित रहेन । बाल्यकालको यो दिवास्वप्नलाई वैज्ञानिकहरुले मूर्तरुप दिँदैछन् ।

क्यानडाको टुथ टेक्नोलोजी नामक कम्पनीले आकाश छुने भर्यांग बनाउने भएको छ । जमिनबाट करीब २० किलोमिटर अग्लो एक टावर बनाउनका लागि उक्त कम्पनीले पेटेन्ट अधिकार प्राप्त गरेको छ । यो भवनका कारण अन्तरीक्षमा रकेट पठाउने लागतलाई कम गर्न सकिने बताइएको छ ।
यो डिजाइन तयार गर्ने वैज्ञानिक डाक्टर ब्रेन्डेन क्वीनका अनुसार यो संरचनाका कारण अन्तरीक्ष उडानको लागतलाई एक तिहाइसम्म कम गर्न सकिन्छ ।
२० किलोमिटर अग्लो उक्त भवनले वायुमण्डलको समताप मण्डल अर्थात् स्ट्राटोस्फेयर छुनेछ । यो ओजोनको तह पनि हो । यहाँबाट अन्तरीक्ष अलिक नजिक हुनेछ ।
यो संरचनाको माथि एक गोलाकार स्पेस हुनेछ र त्यसमा रनवे बनाइनेछ । योे भवनमा चढ्नका लागि लिफ्टयुक्त ट्युब कारको प्रयोग गरिने बताइएको छ ।
टुथ टेक्नोलोजीका सिइओ क्यारोलाइन्स रोबर्टस्का अनुसार यो भवन विश्वको सबैभन्दा अग्लो भवन बुर्ज खालिफा दुबइ भन्दा २० गुणा अग्लो हुनेछ । यो भवन बनेपछि अन्तरीक्ष पर्यटन फस्टाउने दाबी कम्पनीले गरेको छ ।
हुनत धेरै वर्ष पहिले नै विज्ञहरुले आकाशसम्म पुग्ने लिफ्ट ठड्याउने कल्पना गरेका थिए । तर प्रविधिको अभावमा त्यो अहिलेसम्म सम्भव हुन सकिरहेको छैन ।


, ,

0 comments

Write Down Your Responses