Powered by Blogger.
गच्छदारले भने- हामी ७ प्रदेश मान्दैनौं

'८ प्रदेश नभए आगो बल्छ, द्वन्द्व बढ्छ'
४ भदौ, काठमाडौं । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले कांग्रेस, एमाले र एमाओवादीले ल्याएको ७ प्रदेश नमान्ने घोषण गरेका छन् । ८ प्रदेश नबनाए मुलुकमा आगो बल्ने गच्छदारले चेतावनी दिएका छन् ।

शुक्रबार अपरान्ह तीनदलले ७ प्रदेशमा सहमति गर्नासाथ गच्छदारले पत्रकार सम्मेलन गरेर ७ प्रदेश नमान्ने घोषणा गरेका हुन् ।  ‘पहिचान र सामथ्र्यविनाका सात प्रदेश मान्दैनौं,’ कांग्रेस, एमाले र एमाओवादीले पहिचान र सामथ्र्यलाई पटक्कै स्वीकार गरेनन् ।’

गच्छदारले आफूले अहिलेसम्म विशेष समितिबाट राजीनामा नदिएको भन्दै बाबुराम भट्टराईले आवश्यक परे आफूलाई बोलाउन सक्ने उनले बताए ।

आफ्नो दल संविधानसभाबाट बाहिर नजाने तर, अहिले भइरहेको आन्दोलनमा आफ्नै किसिमले सहभागी हुने गच्छदारले बताए । ‘८ प्रदेशमा नगए आगो बल्छ, गच्छदारले भने,’ ‘कांग्रेस एमाले र एमाओवादीले ७ प्रदेशमा सहमति गरेर मस्यौदा समितिमा पठाउन लागेकाले हामीले त्यसलाई अस्वीकार गरेका हौं ।’

चार दलवीच १६ बुँदे सहमति आफ्नै कारणले भएको भन्दै गच्छदारले तीन दललाई आफूले मिलाएको बताए । ‘१६ बुँदे मेरा कारणले भएको हो ।

मधेसको आन्दोलनमा घुसपैठ भएको भन्दै आफ्नै ढंगले आन्दोलनमा जाने गच्छदारले बताए । ८ प्रदेश किन नहुने भन्दा तीन दलका नेताले जवाफ दिन नसकेको गच्छदारले बताए ।

कांग्रेस र एमालेका नेताहरु गम्भीर छैनन् भन्दै गच्छदारले कैलाली र कञ्चनपुर देउवा सन्तुष्ट पार्न सुदुर पश्चिममा राखिएको आरोप लगाए । त्यसैगरी मध्यपश्चिममा सुशीललाई र पश्चिमाञ्चलमा रामचन्द्र पौडेललगायतका नेतालाई खुशी पार्न खोजिएको उनले बताए ।


,

0 comments

Write Down Your Responses