Powered by Blogger.
तीन दलले गरे सात प्रदेशमा सहमति

४ भदौ, काठमाडौं । प्रमुख तीन दल नेपाली कांग्रेस, एमाले र एकीकृत नेकपा माओवादीले सीमांकनसहितको सात प्रदेशको सहमति गरेका छन् । विशेष समितिको बैठक सात प्रदेशमा सहमति जुटाएका हुन् ।
नयाँ सहमतिमा ६ प्रदेशमा भएको १ देखि ५ प्रदेशलाई कायमै राखिएको छ । तीन नम्बर प्रदेशमा ठोरी गाविस थपिएको छ ।
पहिलेको ६ नं प्रदेशलाई विभाजित गरी कर्णाली पूर्वका जिल्ला र भूभाग रहने गरी ६ नं प्रदेश तथा कर्णाली पश्चिमका जिल्ला रहने गरी ७ नं प्रदेशमा रहने भएको छ । प्रदेशहरुको विस्तृत सीमांकन संघीय आयोगले गर्ने सम्वाद समितिका सभापति डा. बाबुराम भट्टरार्इले बताए ।




,

0 comments

Write Down Your Responses