Powered by Blogger.
अमेरिकी डलरको भाउ दुइ वर्षयताकै महंगो

६ भदाै, काठमाडौं । अमेरिकी डलरको भाउ दुई वर्षयताकै महगो भएको छ । शनिबार र आइतबार प्रतिडलरको भाउ १ सय ५ रुपैयाँ पुगेको छ ।
केहीदिन यता लगातार बढेको डलर शनिबार र आइतबार १ सय ५ रुपैयाँमा किनेर १ सय ५ रुपैयाँ ६० पैसामा बिक्री गर्ने राष्ट्र बैंकले जनाएको छ । राष्ट्र बैंकले तोकेको मूल्य वरिपरी रहेर वाणिज्य बैंकहरुले कारोबार गर्छन् ।
अहिलेको डलरको मुल्य २०७० साउनयताकै उच्च हो । ०७० साउन पहिलो र दोस्रो हप्ताका चार दिन डलरको भाउ १ सय ८ रुपैयाँसम्म पुगेको थियो । त्यसयता भने डलर १ सय ४ रुपैयाँभन्दा माथि जान सकेको थिएन ।
अमेरिकी अर्थतन्त्र बलियो हुँदै गएकाले विश्वभर डलरको मुल्य बढेको राष्ट्र बैंकका प्रबक्ता त्रिलोचन पंगेनीले बताए । नेपालको अर्थतन्त्र आयातमा आधारित भएकाले डलरको मुल्य बढ्दा नेपाललाई घाटा हुने भएकाले सचेत हुनुपर्ने उनले बताए ।
डलर बढ्दा रेमिटान्स र निर्यातबाट हुने अाम्दानी पनि बढ्छ  । तर,  देशको अर्थतन्त्र अायातमा अाधारित भएको हुँदा डलरको मूल्य बढ्दा भुक्तानीको भार थपिन जाने अर्थशास्त्रीहरू बताउँछन् ।
‘डलर बढ्दा अायतातित बस्तुमा नेपालले गर्नुपर्ने भुक्तानीको भार पनि थपिन्छ ।’ राष्ट्र बैंकका पूर्व प्रवक्ता भाष्करमणि ज्ञावालीले भने -जसले देशभित्र मूल्य बढाउने निश्चत छ । त्यसैगरी, सरकारले सावाँ तथा व्याज तिर्नुपर्ने विदेशी ऋणको भार पनि डलरको मूल्यसँगै बढेको छ ।


, ,

0 comments

Write Down Your Responses