Powered by Blogger.
कमला नदिले बगाएर एक तिर्थालुकाे मृत्यू

सिन्धुली, भाद्र ७ । हत्पते गाविस १ स्थित प्रशिद्ध १०८ लंगुरबाबा महादेवको दर्शनका लागि हिडेका एक तिर्थालुलाई कमला नदीले बगाउदा सोमबार मृत्यू भएको छ । मृत्यु हुनेमा रौतहट रमौली गाविस–३ बैरीयाका ५० वर्षीया बाबुलाल शहनी रहेका छन् । 
शहनीलाई हत्पते र रानीवास गाविसको सिमाना स्थित रतनपुरनजीकै बाट कमला नदी तर्ने क्रममा सोमबार बिहान करीव ९ बजे कमला नदिमा आएको बाढीले बगाएको हतपते प्रहरी चौकीका प्रहरी सहायक निरिक्षक जन्मजय यादवले जानकारी दिए ।
महादेवको दर्शनका लागि हिडेका शहनीलाई नदीले करीब ५० मिटर तलसम्म बगाएको थियो । ‘नदीमा लगातार परेको वर्षाका कारण पानीको सहत बढीरहेकै भएपनि शहनीले जबरजस्ती नदी पार गर्ने प्रयास गर्दा बगाएको स्थानीयले बताएका छन । शहनी सोमबार लंगुरबाबा जाँदै थिए । मृतक शहनीको सबलाई सोमबार नै जिल्ला अस्पतालमा ल्याएर पोष्टमार्टम गरी आफ्न्तलाई जिम्मा लगाइएको छ ।
साउनको सोमबार बाबाधाम मेला लाग्ने लंगुरबाबामा यस वर्ष भाद्र महिना लागेपनि तिर्थालुको बाक्लो उपस्थिती हुने गरेको छ ।


,

0 comments

Write Down Your Responses