Powered by Blogger.
भीडन्तमा मारिएका इन्सपेक्टरकाे श्रीमतीले सोधकी थिईन, थाहा पाउनुस्त् तपाईं कैले र कहाँ मर्नुहुन्छ ?

श्रीमती शारदा बोहोराले हिजो बिहान नौ बजेर १० मिनेट जाँदा आफ्नो श्रीमानको फेसबुक वालमा एउटा हाँसो लाग्ने एप्सको तस्वीर शेयर गरिन । तर शारदालाई के थाहा, श्रीमानलाई हँसाउन पोष्ट गरेको उक्त तस्वीर नै उनको जीवनको पीडा बन्ने छ भन्ने कुरा ।
फेसबुकमा हिजोआज प्रचलित एप्स “कब और क्यूँ तुम मर जाओगे, पता लगाए (थाहा पाउनुस्, तपार्ई कहिले र किन मर्नुहुनेछ ?)” को तस्वीर उनले श्रीमानको टाइमलाइनमा शेयर गरेकी थिइन् । मानौं भन्न खोजेकी हुन– यो हेर्नु त, कस्ता फन्नी छ ।

तर एप्सका शब्दहरुले उनलाई आफ्नो प्रिय मान्छे २४ घण्टा नबित्दै छोडेर गइरहेको छ भन्ने बताएन् । एप्सको काम क्षणभरका लागि हँसाउने थियो । यदि एप्सले इन्सपेक्टर केशव बोहोरोका आजको भविष्य बताइदिएको भए ।
शेयर गरेको २४ घण्टापछि शारदाले मुटु चुँडाउने समाचार सुनिन्– टीकापुरको भीडन्तमा उनका श्रीमान इन्सपेक्टर केशव बोहोरा मारिए ।
हिजो मात्रै मृत्युको शब्दमुखी साक्षात्कार यथार्थमा परिणत भएको थियो । शारदाको मनोदशा यो खबर सुन्दा के भयो होला, कल्पना पनि गर्न सकिन्न ।
टीकापुर भीडन्तमा प्रदर्शनकारीहरुको आक्रमणमा परी मृत्यु भएका इन्सपेक्टर केशब बोहोराको फेस बुक वालमा अहिले पनि त्यो तस्वीर उस्तै छ । मानौं, गिज्याइरुहेछ मृत्युलाई नै ।
इन्सपेक्टर केशब बोहोरा शिक्षक तथा बुद्धिजीवि पिता प्रेमसिंह बोहराका छोरा थिए । केशवको मृत्युले परिवार अहिले शोकमा डुबेको छ ।
केशवको फेसबुक वालबाट हामीले उनको सम्झनास्वरुप केही तस्वीरहरु यहाँ राखेका छौं । 


बुवाअामाकाे काखमा बाल्यकालमा केशव ।
साभार www.everestdainik.com बाट



,

0 comments

Write Down Your Responses