टिकापुर झडपमा १७ प्रहरी सहित २० जनाको मृत्यु
टिकापुर, भदौ ७ । सोमबार दिउँसो टिकापुरमा थरूहट समर्थक आन्दोलनकारी र प्रहरीबीच भएको झडपमा १७ प्रहरीसहित ३ जना आन्दोलनकारी मारिएको समाचार प्राप्त भएको छ।
कैलालीका सहायक प्रमुख जिल्ला अधिकारी उदयबहादुर ठकुरीका अनुसार – १७ प्रहरी र ३ जना आन्दोलनकारीको मृत्यु भएको कुरा आएको छ। पुष्टि भने भइसकेको छैन्। ठकुरीले आन्दोलनको विस्तृत विवरण आउन अझै केही समय लाग्ने पनि बताएका छन ।
0 comments
Write Down Your Responses