Powered by Blogger.
सस्तोमा रक्सी पिलाउने सरकारी तयारी

सुरु हुँदैछ ‘देशी दारु’ योजना

शीर्षक पढ्दैमा ट्वाँके साथीहरु हर्षले गदगद हुनुभयो होला । महंगीको जमानामा सोमरसको मूल्य पनि उकालो चढिरहेको अवस्थामा सरकारले नै जनतालाई सस्तोमा दारु पिलाउने तयारी गरिरहेको सुन्दा को चाहीँ ट्वाँकेको मन नरमाउला ? तर रमाइहाल्नुपर्ने कुरा चाहीँ होइन है । किनकी स्वदेशी रक्सीलाई सस्तोमा उपलब्ध गराउने देशी दारु योजना हाम्रो देशमा होइन, छिमेकी भारतमा लागु हुन लागेको हो ।
भारतको तेलंगाना सरकार अब स्वदेशी मदिरा सस्तो मूल्य बेच्ने तयारीमा छ । आगामी अक्टोबर एक तारेख देखि देशी दारु योजना सुरु हुनेछ । त्यस अन्तरगत स्थानीय मदिरा अर्थात् सारा प्रति ९० मिलिलिटरलाई १७ भारु तथा १८० मिलिलिटरलाई ३५ भारुमा किन्न सकिनेछ ।
भारतको अर्को राज्य महाराष्ट्रको सिको गर्दै आफुले पनि सस्तोमा रक्सी बेच्ने घोष्णा तेलंगाना सरकारले गएको फेब्रुअरीमै गरेको थियो । त्यसका लागि सरकारले देशी दारु योजना अध्ययनका लागि एक सरकारी टोलीलाई महाराष्ट्रको भ्रमणमा पठाएको थियो ।
सस्तोमा रक्सी बेच्ने सरकारी योजनाप्रति विपक्षी दलहरुले तिव्र विरोध जनाएका छन् । तर सत्तारुढ तेलंगाना राष्ट्र समितिले भने आफ्नो कदमको प्रतिरक्षा गर्दै यसले अवैध तथा विषाक्त रक्सीको सेवनबाट हुने मृत्युलाई रोक्न सहयोग गर्ने दाबी गरेको छ । स्मरण रहोस् भारतमा विषाक्त रक्सी सेवनबाट वर्षेनी कैयौँ मानिसको ज्यान जाने गरेको छ ।


, ,

0 comments

Write Down Your Responses