Powered by Blogger.
भट्टराईले भने, अब सगरमाथाकाे चुचुराेमा पुग्नु पर्छ

अहिले सगरमाथाको साउथ कोलमा पुगेका छौं 

काठमाडौं, भदौ १० । एमाओवादीका नेता बाबुराम भट्टराईले संविधान निर्माणको क्रममा आफूहरु सगरमाथाको साउथ कोलमा पुगेको भन्दै चाँडै चुचुरोमा पुग्ने बताएका छन्।
बिहीबार संविधानसभामा भएको मस्यौदामाथिको छलफलमा भाग लिँदै भट्टराईले  भने, ‘हामी हाम्रो पुस्ताको इतिहास नयाँ चरणमा प्रवेश गर्ने क्रमको अन्तिम विन्दुमा आइसकेका छौं।’
परिमार्जित विधेयकलाई छलफल गरी केही सातामै यो पुस्ताले गर्व गर्ने गरी काम गर्ने उनले बताए। ‘हामीले यसपटक सगरमाथाको साउथ कोलमा पुगेका छौं। अब सगरमाथाको चुचुरोमा पुग्नु पर्छ। यदि यसपटक पनि असफल भए अर्को संविधानसभा हुने छैन। हामीलाई असफल हुने छुट छैन।’

संविधानसभा एउटा युगको अन्त्य गरी नयाँ युगको प्रवेशमा आएको हो। विगतमा भएका आन्दोलन र त्योसँग भएका सम्झौताहरू नै यो संविधानका आधारहरू हुन्। हाम्रो पार्टीहरूका आफ्नै धारणा हुन सक्छन् तर, ती सम्झौताहरू अहिले विर्सन खोजेजस्तो देखिन्छ। त्यो उपयुक्त हो। सझौता गर्दा भगवानले समेत ऊट बनाए जस्तै यो सम्झौताको संविधान हो।
सम्झौताको पालना भयो कि भएन त्यो ध्यान दिनु महत्वपूर्ण हो। नेपालमा तीन प्रकारको राजतन्त्रतात्मक शक्ति, लोकतान्त्रिक उदारवादी शक्ति र प्रगतिशिल शक्ति मध्ये लोकतान्त्रिक र प्रगतिशिल शक्तिबीचको सम्झौता हो।
क्रान्ति र आन्दोलनले राजतन्त्रलाई समाप्त पारेको हो। विधी र कानूनले होइन। त्यो हुँदैन।
दुई शक्तिबीचको शक्ति सन्तुलनमा खिचातानि भएपनि राजतन्त्रतात्मक शक्तिले मागेको टेक्ने ठाउँ मागेको छ। त्यसलाई टेक्न दिनुपर्छ। हामीले उनीहलाई आवश्यक टेक्ने ठाउँ भनेको पुरानै कुरामा फर्कने कुरा आउँदैन र त्यसमा उनीहरुले दुःख मनाउ गर्नु हुँदैन।
मधेस आन्दोलन लगायतका शक्तिसँग भएको सझौता भनेको गणतन्त्र र संघीयता मुल आधार हो त्यसमा बहस गर्न पाए पनि त्यो भन्दा पछाडि फर्कन पाइदैन र सकिदैन। संघीयताको आधारमा पनि विगतकै सहमति अनुसार फर्कन सकिदैन। संघीयताको बहसमा यहाँ अलिकति मिलेको छैन। विगतदेखि नै पहिचान र सामर्थ्यका पाँच र चार आधार स्वीकार गरिसकेपछि अहिले पछि हट्न मिल्दैन। पहिचानका पाँच र सामर्थ्यका चार आधारमा केही नमिलेका विषयमा अहिले उठेका आवाज सम्बोधन गर्न मिलाउन सकिन्छ।
हामीले तीन तह स्वीकार गरेपछि केन्द्र, प्रदेश र स्थानीय तह भएपछि अब अञ्चल, जिल्ला र निर्वाचन क्षेत्र रहदैन। निर्वाचन क्षेत्र पनि १६५ हुँदै छ भने हामीले नयाँ ढंगले पुर्नसंरचाना गर्दैछौ। मेरो क्षेत्र जिल्ला मिले नमिलेको कुरा नगरौं। नमिलेको भए भोलि संघीय आयोगले मिलाउँछ।
अर्को धर्म निरपेक्षताको आधार पनि हामीले स्वीकार गरिसकेको हो। बहुधार्मिक राष्ट्र स्वीकार गरेपछि हामीले धार्मिक स्वतन्त्रता भएको देशमा हिन्दु धर्मका धेरै भएपनि सबै धर्म मान्नेहरुको हक रहन्छ। अब हामीले अगाडि बढीसकेपछिको खोलोलाई हिन्दु धर्ममा फकाउन सकिदैन। धार्मिक स्वतन्त्रता राज्यको धर्म निरपेक्षता बिना सम्भव हुँदैन। हामी धर्मको नाममा पछाडि फर्केर नयाँ नेपाल बन्दैन। धर्म निरपेक्षताको विषयबाट पछाडि फर्कन हुँदैन।
बहुदलीय समावेशी लोकतन्त्र हुनुपर्छ। त्यसैले प्रस्तावनादेखि निर्वाचन प्रणालीसम्म यो विषय हुनुपर्छ। समावेशी समानुपातिक भन्ने कुरा संविधानको आधारभूत तत्व हो। बर्गिय सम्बोधनका लागि यो संविधान मस्यौदामा कमजोरी भएको छ। महिला र दलितका हक अधिकार सुरक्षित गर्ने विषयमा कमजोर भएको छ। अझै पनि महिलाको नागरिकताको विषयमा पनि सम्बोधन गर्नुपर्छ। दलितलाई इतिहासको दमनको क्षतिपूर्ति स्वरुप बढाएर समानुपातिक समावेशी लोकतन्त्रको अवधारणमा मिलाउनु पर्छ।
हाम्रो संविधानको आधारभूत तत्व रक्षा गरौ। संविधान बनाउने अन्तिम चरणमा भएका आन्दोलनप्रति असन्तुष्ट हुनुजरुरी छैन। हामीले पनि कुनै कालखण्डमा प्लेन हाइज्याक गरेकै थियौं। मार्टिन लुथर किङले शान्ति भनेको बलजफत लादेर हुन सक्दैन भनेका थिए। हामीले अहिले जनताले देखाएको असन्तुष्टीलाई अन्यथा ढंगले हेर्ने होइन।
उनीहरूको माग सम्बोधन गर्न राजनीतिक तबरमा लाग्नुपर्छ। पछिल्ला दिनमा टिकापुर लगायतका ठाउँमा घटेका घटनाप्रति खेद प्रकट गरी अब हामी समयमै संविधान बनाउँ। सगरमाथाको आरोहण अब सफलता पूर्वक गर्नेपर्छ। अब असफल हुने छुट हामीलाई छैन।


,

0 comments

Write Down Your Responses