Powered by Blogger.
गैसस सिन्धुलीको पाँचौ जिल्ला सम्मेलन सम्पनन्

सहमतिमै नयाँ कार्य समिती, अध्यक्षमा दाहाल 

सिन्धुली, १४ भाद्र । राजनैतिक स्थिरता, सुशासन र सार्थक विकासका लागी राष्ट्रिय एकता, राष्ट्रिय नवनिर्माणमा प्रभावकारी प्रतिबद्धता भन्ने मुल नाराका साथ गैरसरकारी संस्था महासंघ नेपाल सिन्धुली शाखाको पाँचौ जिल्ला सम्मेलन तथा १८ औं वार्षिक साधारणसभा अाइतबार सिन्धुलीमाढीमा सम्पनन् भएको छ । 
पाँचौ जिल्ला सम्मेलनलाई प्रमुख अतिथीको रुपमा उदघाटन गर्दै गैर सरकारी संस्था महासंघ नेपाल केन्द्रिय समितिकी अध्यक्ष सर्मिला कार्कीले सरकारले नै गैरसरकारी संस्थाहरुलाई नियमन गर्न नचाहेको आरोप लगाएकी छिन । कार्कीले भनिन, ‘सरकारले गैरसरकारी संस्थालाई कन्ट्रोल गर्न चाहिरहेकै छैन, गैर सरकारी संस्था होइन सरकार गैर जिम्मेवार बनेको छ ।’ सरकारले संस्था बर्षेनी नविकरण पनि गरीदिने अनि गाली पनि गर्ने द्धैध चरित्र प्रदर्शन गर्न नमिल्ने भन्दै कार्कीले प्रभावकारी नितीको निर्माण गर्न आवश्यक्ता रहेकोमा जोड दिइन । 
गैर सरकारी संस्था सरकारसँग प्रतिसप्रर्धा होइन सहयोग गर्ने संस्था भएकाले सरकारले गैर सरकारी संस्थालाई नियन्त्रण होइन सहजीकरण गरेर सहयोग पु¥याउनु पर्ने उनको धारणा थियो । अध्यक्ष कार्कीले गैर सरकारी संस्थालाई व्यवस्थित गर्नका लागी समाजिक संघ संस्था दर्ता ऐन २०३४ मा परिवर्तन गरिनु पर्ने बताइन । उनले भनिन, ‘देशमा गणतन्त्र आउँदा पनि २०३४ मै निर्माण भएको ऐन अनुसार गैसस सञ्चालन हुनु परेको छ ।, यो ऐनमा परिवर्तन गरेर अगाडि बढ्न जरुरी छ ।’
त्यस्तै उदघाटन सत्रमा विशेष अतिथीको रुपमा बोल्दै नेपाली काग्रेस सिन्धुलीका सभापति एव्म सभासद मोहन प्रसाद बरालले एनजीओ आइएनजीओलाई सामाजिक लेखापरिक्षणको दायरामा ल्याउनु पर्ने बताए । उनले झोलामा कार्यालय राखेर ठुलठुला होटलहरुमा कार्यक्रम सञ्चालन गर्ने र बजेट सक्ने प्रवृत्ति गैससहरुको बढ्दै गएको समेत बताए । 
अर्का सभासद गणेश कुमार पहाडीले बिनासकारी भुकम्प पछि राहत तथा उद्धार कार्यमा गैससहरुले खेलेको भुमीकाको प्रसंशा गर्दै सरकारको निती नियम र निर्देशन भित्र रहेर सवै एनजीओ तथा आइएनजीओ पुर्ननिर्माणमा लाग्नु जरुरी रहेको बताए । 
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी दिपकराज नेपालले लहडको रुपमा एनजीओ दर्ता गर्ने क्रम बढ्दै गइरहेकाले यस्लाई रोक्न जरुरी रहेको बताए । उनले गैससमा पनि राजनीतिकरण भएको बताउँदै गैससलाई विशुद्ध समाजिक संस्थाको रुपमा स्थापित गराउन समेत आग्रह गरे । भर्खरै सम्पनन् सुचना दिवसको अवसरमा जिल्लाका प्रत्येक गैससले सुचना अधिकारी तोक्नु पर्ने र तीन÷तीन महिनामा आफ्ना गतिविधी सार्वजनिक गर्नुपर्ने निर्णय भएको कारण यस्लाई पूर्ण रुपमा पालन गर्न सवै गैससकर्मीहरुलाई आग्रह गरे । 
उदघाटन शत्रमा नेपाली काग्रेसका जिल्ला सचिब उज्जवल पोखरेल, नेकपा(एमाले)का सचिब सुर्य पाख्रीन, एकीकृत माओवादीका नेता ज्वाला प्रसाद न्यौपाने, पत्रकार महासंघ सिन्धुलीका अध्यक्ष द्धारीका काफ्ले लगायतले जिल्ला सम्मेलन सफलताको शुभकामना दिदै गैससहरुले पारदर्शी र जवाफदेही ढंगले आफ्ना गतिविधी सञ्चालन गर्नुपर्नेमा जोड दिएका थिए । 
सम्मेलनकै अवसरमा गैसस महासंघ सिन्धुलीको गतिविधीमा महत्वपूर्ण सहयोग पुयाएको भन्दै कमलामाई नगरपालिका कार्यालयका प्रमुख प्रविण ढकाल, समाजसेवी रामबहादुर हायू, गैसस सिन्धुलीका पुर्व अध्यक्ष मिलन श्रेष्ठ र कृष्णहरी घिमिरेलाई सम्मान समेत गरिएको थियो । 
त्यस्तै सोमबार राति अबेर सम्म चलेको सम्मेलनको बन्दसत्रले सर्वसम्बत रुपमा बेदराज दाहालको अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमितिको चयन गरेको छ । जस्मा सचिब उत्पल खड्का र कोषाध्यक्ष दिपा बोहोरा चयन भएका छन भने पदाधीकारीमा उपाध्यक्ष र सह–सचिब आज बैठकले चयन गर्ने बताइएको छ । अध्यक्ष, सचिब र कोषाध्यक्ष तीन पार्टीले भागवण्डा गरेका छन भने सदस्य पनि भागवण्डा गरेका छन । 
सदस्यहरुमा नेपाली काग्रेको तर्फबाट मेघराज कार्की, गंगा श्रेष्ठ, रेशम पोखरेल, नेकपा(एमाले)को तर्फबाट खेटराज अधिकारी, नबराज पहाडी, पार्वती भट्टराई, ललिता विक र एकीकृत माओवादीको तर्फबाट सन्जीत कार्की, किरण श्रेष्ठ, बिर्ख बहादुर बम्जन रहेका छन । 


,

0 comments

Write Down Your Responses