एसीसी यू १९ क्रिकेट : नेपालद्वारा मलेसिया ८ विकेटले पराजित
१४ भदौ, काठमाडौं । एसीसी अन्डर नाइन्टिन पि्रमियर लिग क्रिकेटमा नेपालले मलेसियालाई ८ विकेटले पराजित गरेको छ ।
अफगानिस्तानसित लज्जास्पद हार व्यहोरेको दुई दिनपछि नेपाललाई मिठो जित हात लागेको हो ।
७६ रनको झिनो विजय लक्ष्य पछ्याउँदा नेपालले १४ ओभर चार बल खपत गर्दै दुई विकेट गुमाएको थियो । नेपालका ओपनर आशिष धामीले ४० बलमा ३८ रन बनाएर अविजित रहे । राजवीर सिंह ३३ र सुनिल धमला ३ रन बनाए ।
यसअघि बायोमास ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको मलेसियालाई नेपालले ७५ रनमा समेट्यो ।
मलेशीयाको इनिङलाई धराशयी बनाउन आरिफ सेफले ४ विकेट लिएका थिए । उनले १० ओभरमा ३ मेडन राख्दै १८ रन खर्च गरे । दिपेश श्रेष्ठ र दिपेन्द्रसिंह ऐरीले समान २-२ विकेट लिए । मलेशीयाका लागि पवनदिप सिंहले सर्वाधिक १७ रन बनाए ।
पहिलो खेलमा यूएईविरुद्ध फराकिलो जित हात पारेको नेपाल दोस्रो खेलमा अफगानिस्तानसँग १० विकेटले पराजित भएको थियो ।
0 comments
Write Down Your Responses