Powered by Blogger.
जनयुद्ध र ‘धनयुद्ध’, जनवाद र ‘जनैवाद’ !

फणीन्द्र फुयाल ज्वाला 

तत्कालिन नेकपा (माओवादी) ले २०५२ फागुन १ गतेदेखि देशमा जनयुद्धको थालनी ग¥र्यो । जनयुद्धका नायकहरुले संविधान सभाको निर्वाचन गर्ने, राजतन्त्रको अन्त्य गर्ने, समाजवाद र साम्यवाद लागू गर्ने पार्टीको नीति रहेको भन्दै देशका सवै जिल्ला र क्षेत्रहरुमा पार्टी र युद्धको नीति लागू गर्दै गए । आफुहरुको नीति नमान्नेहरुलाई पार्टीका कार्यकर्ताहरुले सफाया गरे । पार्टीका कार्यकर्ताहरुले फटाहा, सामन्ती, शोषक, दलाल, घुसखोरीहरुमध्ये कसैलाई सम्झाए, कसैलाई भाटे कारबाही गरे, कसैलाई कान समात्न लाएर उठबस गराए, कसैलाई चौतारो निर्माण गर्न लगाए, कसैलाई कूलो सोर्न लगाए, कसैलाई बाँध निर्माण गर्न, बाटो सफा गर्न आदि काममा लगाएर ‘जनकारवा’ही गरे । 
त्यतिबेला पार्टी भित्र निकै अनुशासन थियो । कार्यकर्ताहरु ‘चेन अफ कमाण्ड’मा चल्थे । पार्टीेले त्यतिबेला दशैं, तिहार, जनैपूर्णिमालगायतका पर्वहरुको कुनै पनि वैज्ञानिक तर्क नभएकाले ती मनाउनुको कुनै पनि तात्वीक अर्थ नरहेको बताउने गथ्र्यौ । कतिपय ‘झोले’ कार्यकर्ताहरु गाउँलेहरुले मनाउँने ती पर्वलाई जवर्जस्ती रोक्ने समेत दुस्साहस गर्थे । 
जनयुद्धका बेला कार्यकर्ताहरुमा ब्यक्तिगत लोभ, मोह, छल, कपट, स्वार्थ, केहि पनि थियो । थियो त केवल देश र जनताप्रतिको मायाँ । जनयुद्धका बेला प्रशिक्षित कार्यकर्ता र नेताहरु जनताको बीचमा पुगेर आफ्नो प्रीय नेता क. माओले भन्ने गरेका, माओले गर्ने गरेका कुराहरु जनतालाई सुनाउँथे र त्यस्तै हुनुपर्ने अर्ति दिन्थे । आफुरुहरु पनि माओकै पथमा हिंडेको हुनाले माओवादलाई अँगाल्ने प्रँण गर्थै ती भूमिगत कार्यकर्ताहरु 
तर भनाई र गराईमा फरक पर्दो रहेछ । हेर्नुहोस् त आजका माओवादीहरु कस्ता भए ? उनीहरु त्यतिबेला जनवादको कुरा गर्दा ‘जनैवाद’को बिरोध गर्थे, जनयुद्धको कुरा गर्दा ‘धनयुद्ध’को बिरोध गर्थे माओवादी हुन सवैलाई आग्रह गर्दै संगठन बनाउँन जनताको झुपडीमा पुग्दा ‘खाओवाद’ को जनकारबाहि गर्थे । तर आज के देखिँदैछ ? समाजवाद र साम्यवादको नारा उराल्दै हिड्ने माओवादीहरु आज आफैं भित्र रुमलिएको छ । हिजोको एक ढिक्का माओवादी आज पाँच टुक्रामा बिभक्त बनेको छ । आजका माओवादीहरु चेन अफ कमाण्डलाई लात मार्दे झुण्ड झुण्डमा, गुट गुटमा बिलय भएको छ । जीवन्त पार्टीमा बिभिन्न बिचार, समूह हरु हुन्छ भन्छन् तर ती विचारहरुलाई एकै मालामा उन्न सकिरहेको छैन । आजका माओवादीहरु ब्यबहारमा हिजाको पञ्चे भन्दा कुनै कमी छैनन् । आजको माओवाद सिद्धान्त एकातार भएपनि गुण्डागर्दी छ, सुरा सुन्दरी ताक्नेहरु छ, डनवाद, ठेकेदारी प्रथा, कमिशन तन्त्र, छाडापन, भाडभैलो छ ।
भड्किलो, उत्तलाउलोपनाको बिरोध गर्ने हिजोका माओवादीहरु आज तिज मनाउने निहूँमा महंगा पार्टी प्यालेशहरुमा एक महिना अगाडीदेखि महंगा साडी, चोला र गरगहना प्रदर्शन गर्दै दर खाईरहेछ । सामूहिकतमा बस्ने र ब्यक्तिगत धन सम्पत्ति पार्टीकरण गर्ने ‘जनकम्युन’हरु आज बजारका बिचमा महल ठड्याउने होडबाजि गरिरहेछ । आफूलाई माओको असल अनुयायी भन्ने आजको माओवादी किसान, मजदूरको मैलो लूगा देख्दा मुन्टो बटार्छ । नातावाद र कृपावादमा आजको माओवादी चुर्लुम्म डुबेको छ । श्रीमती, छोरा, छोरी, साला, साली, भन्जा, भन्जी, ज्वाई, जेठानलाई जागिर लगाउन आजको माओवादी दामको बिटो बोकेर मालिक हरुसंग जदौ गर्दै पुग्छ ।
आज पार्टी ‘रुपान्तरण’ भएको छ र त यो सव भईरहेको छ । आज पार्टी शान्तिप्रक्रियामा आएको छ र त ‘सयम अनुसार’ चलेको छ । युग र सयम परिवर्तन गर्छु भन्थ्यो नेपालको माओवादी तर आज समयले नैं माओवादीलाई परिवर्तन गरेको छ । हिजो जनयृद्धमा ज्यानको आहूती दिनेहरुलाई आज पार्टीले बिर्सिएको छ । शहादत भएको दिनको स्मरण गर्दै पार्टी कार्यालयमा रहेको शहीदको फोटोमा एक थुङ्गा फूल र एक चिम्टी अभिर लगाए शहीद दिवस मानाईदै छ । आजको माओवादी परम्परागत चाडपर्वहरु मनाउने होडबाजिमा छ । हिजो तीनै पर्वहरु मनाउनुको सार्थकता र वैज्ञानीकरण थिएन, तर आज एकाएक त्यसको सार्थकता देखेको छ । हिजो दशैंको टिकाको बिरोध गर्ने माओवादी आज दशैंमा छिमेकीको भन्दा ठूलो खसी काट्ने होडबाजिमा छ ।
आजको माओवादीलाई कार्यकर्ता संरक्षणको चिन्ता छैन । किनकी उसलाई थाहा छ चुनावको बेला डनहरु पार्टीमा भित्रिन्छन् । पार्टीमा लामो समयदेखि योगदान र त्याग गरेकाहरुको अपहेलना भएको छ । शहीद परिवारलाई साँझ बिहान छाक टार्ने चिन्ताले पिरोलेको छ तर नेताहरु आज शहीदका परिवार नचिन्ने भएका छन् । शहीद र शहीद परिवारलाई पनि पार्टीका नेताहरुले गुटमा बिभाजन गरेका छन् । 
यो यथार्थ हो । हिजो बोर्डिङ स्कूलको बिरोध गर्नेहरु आज जिल्ला र राजधानीका महंगा स्कूलमा छोराछोरी पढाउने होडबाजीमा रहेका छन् । सायद यहि हो माओवाद । आजका नवमाओवादीहरुलाई लाग्दो हो, शिक्षा जस्तो भएपनि महंगा नीजि विद्यालयहरुमा छोराछोरी पढाएपछि गुणस्तरीय शिक्षा पाईन्छ । हिजो आफ्नो ब्यक्तिगत सवै सम्पत्ति पार्टीकरण गर्नेहरु किन आज फेरी सम्पत्तिको होडमा लागेका छन् ? लाग्छ, सायद उनीहरुले हिजो आवेगमा आएर ‘गलत निर्णंय’ गरे होलान्, अनि आज आत्मग्लानी भएको छ ।
क्रान्ति आवेगमा आएर गर्ने चिज होईन रहेछ । साय, आज नेपालका माओवादीहरुले यहि बुझे । उनीहरु कत्तिलाई लाग्दो हो, हिजाको जनयुद्धमा बेकारमा लागिएछ, समय बर्वाद गरिएछ । अहिले कोहि नेताहरु (माओवादी) पछुताई रहेका होईन् । माओवादी युद्धमा नलागेको भए यतिबेला राम्रै संग सेटल भएर बसिएको हुन्थ्यो, जागिर हुन्थ्यो, सम्पत्ति हुन्थ्यो, विदेशको पीआर हुन्थ्यो आदि । त्यसैले त आजको माओवादीहरु ज्यान छोडेर त्यसैको पछि दगुरीरहेका छन् । 
टेण्डर, ठेक्का पट्टा र राजनीतिक नियुत्तितर्फ आजका माओवादीहरुको मन मस्तिष्क मोडिएको छ । भनिन्छ नी, सत्ता बाहेक अरु सवै भ्रम हो । तर जनतको बुझइ गलत भएछ । सोझा सिधा नेपाली जनताले बिश्वास गरेका थिए माओवादी त एमाले, काँगे्रेस जस्तो होईन, केहि गर्ला । तर आज जनताले बुझे माओवादी त पत्रु रहेछ । आफ्नो प्यारो पार्टी बिग्रेकामा जनता चिन्नित छन् र त भनिरहेका छन् तिमीहरु बिग्रियौं, सच्चिनु पर्छ । यदि जनता र देशको लागि केहि गर्ने हो भने माओवादी सच्चिनुको बिकल्प छैन । 
पूर्वएकता केन्द्रका नेताहरु माओवादी अव कोमामा रहेको बिरामी जस्तै भैसकेका कारण यसको मृत्युको घोषणा गर्न मात्र बाँकि रहेको भनिरहेका छन् । उनीहरुको भनाई के छ भने अव माओवादी पार्टी प्रचण्डको तेतृत्वमा चल्दैन । जनताले पनि यतिबेला त्यो कुरा महसुस गर्न लागेका छन् । जनताले पनि पर्टी नेतृत्व परिवर्तन चाहेको यो अवस्थामा पार्टीले चाडै महाधिबेशन आयोजना गरेर गल्ति, कमी, कमजोरीहरु अक्षरसः सँच्याउदै नयाँ नेतृत्वका साथ आउन ढिला भैसकेको छ । नत्र भिरबाट खस्न आँटेको गोरुलाई राम,राम... मात्र भन्ने हो काँध हाल्न सकिदैन । नेताहरु बेलैमा सचेत हुदै जनादेशको पलना गर्नु नैं कल्याण हुने छ । जय स्वाभिमान । 



,

0 comments

Write Down Your Responses