Powered by Blogger.
तरकारी खेतीसम्बन्धि युवा लक्षित कार्यक्रमको प्रस्ताव आव्हानको सूचना





पत्र संख्याः– २०७२/७३                                                                                                    मितिः–२०७२/५/१३
          
विषयः तरकारी खेतीसम्बन्धि युवा लक्षित कार्यक्रमको प्रस्ताव आव्हानको सूचना

यस कार्यालयको आ.व. २०७२/७३ को वार्षिक स्वीकृत कार्यक्रम प्राप्त भए पछि कार्यान्वयन गर्ने गरि यूवाहरुलाई तरकारी खेती सम्बन्धि कार्यक्रमको माध्यमवाट स्वरोजगार प्रवद्र्धन गर्ने कार्यक्रम रहेको हुँदा ईच्छुक १८ देखी ५० वर्ष उमेरमा अर्ध वेरोजगार/वेरोजगार यूवा/यूवतीहरुवाट दरखास्त आव्हानको लागि यो सूचना प्रकाशित गरिएको छ । यो सूचना प्रथम पटक प्रकाशन भएको मितिले ३५ दिन भित्र तोकिएको ढाँचा अनुसारको आवेदन फाराममा दरखास्त दिनु होला । पूनश्चः आवेदन साथ तपसिल अनुसारका कागजातहरु संलग्न राख्न समेत यसै सूचना द्धारा सूचित गरिन्छ ।
तपशिल                                                                                                                                       
१. अनुसूची २ अनुसारको आवेदन फाराम ।
२. अनुसूची ३ अनुसारको संक्षिप्त कार्य योजना ।
३. नेपाली नागरिकताको प्रमाणित प्रतिलिपि ।
४. बैदेशिक रोजगारवाट फर्केकाको हकमा पासपोर्टको प्रतिलिपि
५. गा वि स/न.पा.को सिफारिस 
६. कृषि सेवा केन्द्रको सिफारिस
७. जग्गाको धनीपुर्जा, लिजमा जग्गा लिई खेती गरेको भए मन्जुरिनामा 
८. अन्य प्रमाणित प्रमाण पत्रहरु (तालिम, शैक्षिक योग्यता आदी) को प्रतिलिपिहरु ।
नोटः १) सूचना प्रकाशित भएको मितिः २०७२/५/१३ गते
      २) दरखास्त दिने अन्तिम मितिः २०७२/६/१६ गते (अन्तिम दिन बिदा परेमा भोली पल्टसम्म)
      ३) दरखास्त तोकिएको अन्तिम मितिको कार्यालय समय भित्र मात्र दर्ता गरिने छ ।
      ४) यस सम्वन्धमा थप जानकारीको लागि जि.कृ.वि.का. वा सम्वन्धित कृषि सेवा केन्द्रमा सम्पर्क 
  राख्नु होला ।


0 comments

Write Down Your Responses