Powered by Blogger.
जिल्ला अस्पतालकाे लापरबाहीले बालिकाकाे मृत्यू

गल्ती ढाकछाेप गर्न मृतकका परिवारलाई १५ हजार 
बुद्धकुमार आछामी
सिन्धुली,२२ श्रावण, जिल्ला अस्पताल सिन्धुलीको चरम लापरवाहिका कारण बिहिबार जिल्ला अस्पतालमा उपचारका लागी आएकी एक बालिकाको अचानक मृत्यू भएको छ । लापरवाहिका कारण भिमेश्वर–४ खुर्कोटकी १२ वर्षिया सम्झना मग्रातीको अचानक मृत्यू भएको हो । 
मुटुको रोगी बालीका सम्झना मग्रातीले विगत ३ वर्ष देखी गंगालाल अस्पताल काठमाण्डौका डाक्टरको सल्लाहमा पेनिडोरा बेन्जाथिन पेनसीलिन नामको औषधी इन्जेक्सन मार्फत प्रयोग गर्दै आईरहेको बुझिएको छ । उक्त इन्जेक्सन लगाउन काठमाण्डौं जान आर्थिक हैसीयत नभएका कारण विगत ३ महिना देखी उनका अभिभावकले सिन्धुली जिल्ला अस्पतालमा ल्याएर इन्जेक्सन लगाउने गरेको उनको विरामी पुर्जा रेकर्डमा उल्लेख छ । यस भन्दा अगाडि ३ पटक उनलाई जिल्ला अस्पतालले इन्जेक्सन लगाईदिई सकेको थियो ।बिहिबार त्यहि इन्जेक्सन लगाउने क्रममा उनको मृत्यू भएको छ । 
अभिभावक र स्थानीयहरुले भने डाक्टरको लापरवाहिका कारण विरामीको मृत्यू भएको बताएका छन । उता जिल्ला अस्पतालका डाक्टर सुरेन्द्र प्रसाद चौरसीयाले लापरवाहि भन्दा पनि औषधीको रियाक्सनका कारण विरामीको मृत्यू भएको बताए । अस्पतालका प्रसुति रोग विशेषज्ञ डा.सिताराम पराजुलीको निगरानीमा मुटुको दिर्घ रोगी सम्झनालाई हेल्थ असिस्टेन्ट प्रदिप शाहले इन्जेक्सन लागाएको समेत चौरसीयाले बताए । अभिभावकहरुले भने हेल्थ असिस्टेन्ट शाहको लापरवाहिका कारण विरामीको मृत्यू भएको आरोप लगाएका छन । 
प्रसुति रोग विशेषज्ञ डा.सिताराम पराजुलीको निगरानीमा मुटुको रोगीलाई इन्जेक्सन लगाइएको अस्पतालले जनाएको छ । इन्जेक्सन लगाएको केहि समयमै बालिकाको मृत्यू भएको थियो । 
बालिकाको मृत्यू पछि अस्पतालमा तनाव उत्पनन् भएपछि अस्पतालले विरामीका आफ्न्तलाई १५ हजार रुपैया दिएर समस्या समाधान गरेको बुझिएको छ । रकम दिएर केश मिलाएको विषयमा डा.चौरासीयाले अस्पतालले रकम नदिएको र उनको परिवारको आर्थिक अवस्था कमजोर भएका कारण स्टाफहरुसँग रकम संकलन गरेर केहि रकम सहयोग गरेको स्वीकार गरे । अचानक अस्पतालमा विरामीको मृत्यू हुनु र अस्पतालले रकम दिएर अभिभावकहरुको आक्रोश मेटाउनुले अस्पतालका डाक्टरहरुको लापरवाहिलाई अझ पुष्टि गरेको स्थानीयहरु बताउछन । 


, ,

0 comments

Write Down Your Responses