बार्षिक समिक्षा गोष्ठी सम्पनन्
लक्ष्मी थापा
सिन्धुलीमाढी, २२ साउन, जिल्ला विकास समिती सिन्धुलीले आर्थिक वर्ष २०७१÷७२ को बार्षिक समिक्षा गोष्ठी बिहिबार सिन्धुलीमाढिमा सम्पन्न गरेको छ ।

स्थानिय विकास अधिकारी प्रदिप कुमार निरौलाको अध्यक्षतामा भएको समिक्षा गोष्ठीमा सिन्धुली क्षेत्र नं.२ का सभासद मोहन प्रसाद बराल, प्रमुख जिल्ला अधिकारी दिपकराज नेपाल, नेपाली काग्रेसका खड्ग वाईवा, नेकपा एमालेका जिल्ला अध्यक्ष प्रदिप कट्वाल, एकीकृत माओवादीका गणेश बुढाथोकी, लगायत विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रतिनिधि र पत्रकारहरुको उपस्थिती रहेको थियो ।
जिल्लाका विभिनन् सरकारी तथा गैर सरकारी कार्यालयहरुल आर्थिक बर्ष २०७१÷७२ मा लिएको लक्ष्य तथा उदेश्यहरु के कति पुरा गरे भन्ने विषयमा समिक्षा गर्न जिल्ला विकास समितिले समिक्षा गोष्ठीको आयोजना गरेको हो ।
कार्यक्रममा जिल्लाका सरकारी तथा गैर सरकारी कार्यालयहरुले आफ्नो बार्षिक प्रगति प्रतिवेदन पेश गरेका थिए । सरकारी कार्यालय तथा गैर सरकारी संस्थाले गरेका कामहरुको विषयमा उठेका प्रश्नहरुलाई सम्बन्धित सरोकारवालाहरुले स्पष्टिकरण समेत दिएका थिए ।
0 comments
Write Down Your Responses