Powered by Blogger.
यस्तो बन्ने भयो ६ प्रदेशसहितको संघीय राज्य


काठमाडौं, साउन २४ –प्रमुख राजनीतिक दलका शीर्ष नेता सम्मिलित विशेष समितिले पूर्वका १४ जिल्ला समेटेर प्रदेश नं १ बनाउन प्रस्ताव गरेको छ ।
प्रस्तावित उक्त प्रदेशमा ताप्लेजुङ, पाँचथर, इलाम, सङ्खुवासभा, तेह्रथुम, धनकुटा, भोजपुर, खोटाङ, सोलुखुम्बु, ओखलढुङ्गा, उदयपुर, झापा, मोरङ र सुनसरी रहेका छन् ।
यसैगरी प्रदेश २ मा सप्तरी, सिराहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्सा रहने प्रस्ताव छ । प्रदेश तीनमा दोलखा, रामेछाप, सिन्धुली, काभ्रेपलान्चोक, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, चितवन, मकवानपुर, काठमाडौँ भक्तपुर र ललितपुर गरी १३ जिल्ला परेका छन् ।
यस्तै प्रदेश नं ४ मा गोरखा, लमजुङ, तनहुँ, कास्की, मनाङ, मुस्ताङ, पर्वत, स्याङजा, म्याग्दी, बाग्लुङ (पूर्वी भाग) र नवलपरासी(दाउन्ने पूर्व) रहने छन् । प्रदेश नं ५ मा नवलपरासी (दाउन्ने पश्चिम), रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, गुल्मी, बाग्लुङ (पश्चिम भाग), रुकुम, सल्यान, रोल्पा, प्यूठान, दाङ, बाँके, बर्दिया रहनेछ ।
त्यसैगरी प्रदेश नं ६ मा डोल्पा, डोल्पा, जुम्ला, मुगु, हुम्ला, कालीकोट, जाजरकोट, दैलेख, सुर्खेत, बाजुरा, बझाङ, डोटी, अछाम, दार्चुला, बैतडी, डडेल्धुरा, कञ्चनपुर र कैलाली गरी १७ जिल्ला रहनेछन् ।


,

0 comments

Write Down Your Responses