Powered by Blogger.
सिन्धुली अाजबाट लोडसेडिङ मुक्त


सिन्धुली, साउन २४ । सिन्धुली जिल्ला आजदेखी  लोडसेडिङ मुक्त भएको छ । खिम्ती ढल्केवर २२० केभि प्रशारण लाइनको निमार्णकार्यलाई अवरोध नगर्ने स्थानीयबासिन्दासंग सहमति भएपछि लोडसेडिङ मुक्त जिल्ला भएको हो ।
आज विहान मात्रै नेपाल विद्युत प्राधिकारण केन्द्रिय कार्यालयबाट अर्को आदेश नहुन्जेल सम्मका लागि मौखिक रुपमा लोडसेडिङ नगर्न आदेश आएको नेपाल विद्युत प्राधिकारण शाखा सिन्धुलीका इलेक्ट्रीकल सुपरभाईजर लालबहादुर लामाले जानकारी दिए । लिखित रुपमा जानकारी पत्र आउनु पर्ने भएपनि मौखिक रुपमानै जानकारी आएकाले लोडसेडिङ नगरिने मोक्तानको भनाई छ । 
यस अघि पनि सिन्धुली जिल्लालाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गरिएपनि केही समय पछि लोडसेडिङ गरिदै आएको थियो । सिन्धुलीमा लोडसेडिङ मुक्त वनाउन कुनै प्राविधिक कठिनाई नभएको प्राधिकारण शाखा सिन्धुलीका इलेक्ट्रीकल सुपरभाईजर लालबहादुर लामाको भनाई छ । 
सिन्धुलीको दुधौली क्षेत्रमा उदयपुरवाट विद्युत लाईन ल्याईएकाले त्यस क्षेत्रमा लोडसेडिङ तत्काललाई नहट्ने लामाले बताए । सिन्धुलीको निपानेको झुँगा देखी हतपतेको गागन सम्म लाइन विस्तार गरे पछि मात्र त्यस क्षेत्र पनि लोडसेडिङ मुक्त हुने लामाले बताए । 


, ,

0 comments

Write Down Your Responses