कुन बैंककाे 'अटो लोन' सस्ताे ब्याजदरमा जानी राख्नुस
काठमाडौं,साउन २४, केहि वर्ष यतादेखि कार खरिद गर्नको लागि बैंकबाट अटोलोन लिनेको संख्या ठुलो मात्रामा वृद्धि भएको छ। अटोलोन लिनेको संख्यामा वृद्धि भइरहँदा बैंकहरुले पनि फरक फरक ब्याजदरमा अटोलोन दिन सुरु गरेका छन्।
![](https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEjWbbWVZH6se24p1PIssmlA1Vf0v0VXt1Uok75gZOG78d3foY9PPlb-JMQGvzKvLUm7zwfzpquhnhYAaEcpsl4a1XRnb196qa1koWzDrUmAgUgTAvk9wlg7gw4N0l47x0TRC7Pr-bPeQMk/s640/timthumb+%25281%2529.jpg)
बैंकले अटोलोन दिन थालेपछि नेपालमा कार खरिद गर्नेहरुको संख्यामा पनि भारी वृद्धि भएको छ। बैंकहरुले आयआर्जन गर्ने खालका गाडी किन्न भने हायर पर्चेजिङ लोन भनेर दिने गरेका छन्।
तर आयआर्जन नगर्ने खालका निजी गाडीहरु खरिद गर्नेहरुका लागि भने बैंकहरुले अटोलोन प्रदान गर्ने गरेका छन्। अटोलोन लिने ऋणीहरुले धेरैजसो कार खरिद गर्नको लागि ऋणको माग गर्ने ग्लोबल आइएमई बैंकका कर्जा विभागका प्रमुख रुपेन्द्र वाग्लेले जानकारी दिए।
अटालोन माग गर्नेहरुले सर्वप्रथम आफूले किन्न चाहेको सवारी साधनको बारेमा निश्चित भएर मात्रै बैंकमा कर्जाको माग गर्न जरुरी छ। यसरी आफूले किन्न चाहेको गाडीको कोटेशन बैंकमा पठाएपछि मात्रै बैंकले कर्जा प्रदान गर्ने कार्य अघि बढाउँछन्।
अटोलोन लिन चाहनेले सर्वप्रथमत गाडी विक्रेताकोमा गएर अनिवार्य रुपमा रकम तिर्नुपर्दछ। अनिवार्य रुपमा तिर्नुपर्ने रकम तिरेपछि मात्रै अन्य बाँकी रकमको लागि मात्रै अटोलोनबाट गाडी खरिद गर्न सकिन्छ।
अनिवार्य रकम तिरेपछि गाडी विक्रेताले कोटेशन सहित बैंकको कर्जा माग फाराम भर्नुपर्दछ। फाराम भर्नेे बेलामा नागरिकताका फोटोकपी, फोटो २ प्रति र आम्दानीको स्रोत खुल्ने कागजात अनिवार्य रुपमा हुनुपर्दछ।
ग्लोबल बैंकका वाग्लेका अनुसार कम्पनीले गाडी खरिद गर्न चाहेमा भने कम्पनीको ब्यालेन्स सिट, बोर्ड माइनुटिङ, ट्याक्स क्लीयरेन्स सर्टिफिकेट फाराम संगै पेश गर्नुपर्दछ । पेश गरिएको कागजातमा आधारमा बैंकले गाडी खरिद गर्न लागेको ब्यक्ति बस्ने ठाउँमा गएर अवलोकन गर्दछ।
कागजात सत्य भएको पाएमा बैंकले कर्जा लिनको लागी बैंकमा बोलाउँछ। यस समयमा बैंकमा चल्ती खाता भने अनिवार्य रुपमा खोल्नुपर्दछ।
बैंकमा चल्ती खाता खोलेपछि बैंकले ऋणीसँग ऋणको तमसुक गराउँछ । त्यसपछि बैंकले उक्त बिक्रेता कम्पनीलाई डेलिभरी अर्डरको चिठ्ठी पठाउँछ। विक्रेता कम्पनीले डेलिभरी अर्डरको चिठ्ठी पाएपछि उक्त गाडी ऋणीलाई प्रदान गर्दछ।
यसरी बैंकबाट अटोलोन मार्फत लिएको गाडीको बिलबुक भने बैंकको नाममा हुन्छ। साथै ऋणीले बैंकमा मासिक रुपमा सावाँ र ब्याज गरि किस्ता तिर्नुपर्दछ।
अटोलोनमा कुन बैंकको कति प्रतिशत ब्याजदर
बैंकहरुले आ आफ्नै अटोलोनको ब्याजदर तोकेका छन् । यसमध्ये राष्ट्रिय बाणिज्य बैंकले अटोलोनमा सवैभन्दा कम ब्याजदरमा ऋण प्रदान गरेको देखिन्छ।
राष्ट्रिय बाणिज्य बैंकले अटोलोनको लागि सात दशमलव ९९ ब्याजदर तोकेको छ। साथै यसको ब्याजदर निश्चीत छ तर कैयन बैंकले भने मानिस अनुसार फरक फरक ब्याजदर लिने गरेका छन्।
एनआइसी एसियाले पनि ७ दशमलव ९९ दखि अटोलोन दिने गर्दछ । तर यसको अटोलोनको ब्याजदर ७ दशमलव ९९ देखि १३ दशमलव ९९ सम्म रहेको छ।
बैंक ब्याजदर
१ राष्ट्रिय बाणिज्य बैंक ७ दशमलव ९९
२ प्रभु बैंक ५ वर्ष सम्मको ९ दशमलव ४९ देखि ११ प्रतिशत
५ देखि ८ वर्ष सम्मको ९ दशमलव ७९ देखि ११ दशमलव ४९
३ सिटिजन बैंक ९ देखि १८ प्रतिशत
४ ग्लोबल आइएमई बैंक ९ देखि १२ प्रतिशत
५ एभरेष्ट बैंक १० देखि १३ प्रतिशत
६ लक्ष्मी बैंक १० देखि १२ प्रतिशत
७ मेगा बैंक निजी गाडी ९ दशमलव ५० देखि १३ प्रतिशत
कमर्सियल गाडी ११ देखि १४ दशमलव ५० प्रतिशत
८ नविल बैंक पर्सनल प्राइम ९दशमलव ५० देखि १० दशमलव ५०
अन्य १० दशमलव देखि १२ प्रतिशत
कमर्सियल १० दशमलव ५० देखि १२ प्रतिशत
९ एनबि बैंक टाइप एक १० देखि ११
टाइप २ ११ देखि १२ प्रतिशत
१० कुमारी बैंक प्राइभेट गाडी १० देखि १६ प्रतिशत
कमर्सिएल गाडी ११ देखि १६ प्रतिशत
११ एनसिसि बैंक ९ देखि १२ प्रतिशत
१२ एनएमबि बैंक १२ देखि १५ दशमलव ५०
१३ नेपाल एसबिआई बैंक प्राइभेट गाडी १३ दशमलव ५०
कमर्सियल १३ दशमलव ५०
१४ एनआइसी एसिया बैंक ७ दशमलव ९९ देखि १३ दशमलव ९९
१५ प्राइम बैंक कमर्सियल बैंक ११ देखि १२ प्रतिशत
निजी १० देखि ११ प्रतिशत
१६ सानीमा बैंक प्राइभेट गाडी १० देखि १४ प्रतिशत
कमर्सियल गाडी ११ देखि १४ प्रतिशत
१७ कृषि विकास बैंक ट्रयाक्टर खरिदको लागी १५ प्रतिशत
साभारःसेताेपाटीबाट
0 comments
Write Down Your Responses