Powered by Blogger.
सिन्धुली काग्रेसलाई लाग्यो अधिवेशन

बराल र पोखरेल सभापतिको दौडमा 
सिन्धुली, श्रावण २४, नेपाली काग्रेस सिन्धुलीका नेता तथा कार्यकर्ताहरुलाई यतिवेला पार्टीको अधिवेशनले छोएको छ । जिल्ला तहका नेता देखी कार्यकर्ता सम्म अधिवेशनलाई लक्षित गरेर निक्कै सक्रिय रुपमा लागी परेका छन । अधिवेशन नजिकिदै गर्दा जिल्ला सभापति देखी विभिनन् पदका लागी आकाक्षी उमेदवारहरुले भोट माग्न समेत सुरु गरिसकेका छन । 
युवा नेता उज्जल बराल र बर्तमान जिल्ला सचिब रहेका उपेन्द्र पोखरेलले त सामाजिक सञ्जाल फेसबुकमा नै आ–आफ्नो बिजय अभियान नामको फेसबुक पेज बनाएर सभापति पदका लागी भोट माग्न र प्रचार प्रसार गर्न सुरु गरीसकेका छन । उनीहरु जिल्ला अधिवेशन आउन १ महिना बाँकी रहदै जिल्ला सभापतिको दौडमा खुलेरै देखिएका छन । अन्य जिल्ला सभापतिका आकाक्षी उमेदवारहरु पनि खुलेरै प्रचारमा नलागे पनि आन्तरिक गृहकार्यमा लागेको नेपाली काग्रेस सम्बद्ध श्रोत बताउँछ । यसपटकको जिल्ला अधिवेशनमा आधादर्जन भन्दा बढी जिल्ला सभापतिका उमेदवारहरु हुने काग्रेसका एक नेताले अनुमान लगाए । 
सभापतिको उमेदवारको रुपमा खुलेरै लागेका बराल र पोखरेल जिल्ला तहका नेता तथा कार्यकर्ताहरुको समर्थन जुटाउन निक्कै मेहनतका साथ लागिपरेका छन । जिल्ला तहका नेताहरु भित्र बरालको राम्रो प्रभाव देखिए पनि गाउँस्तरमा पोखरेलको प्रभाव रहेको श्रोतले बतायो । वर्तमान सभापति तथा सभासद मोहन बराल भने यतिवेला तटस्थ बसेका छन । उनले कस्लाई सर्मथन गर्छन भन्ने कुराले पनि बराल र पोखरेल मध्ये कस्ले चुनाव जित्छ निर्धारण हुने काग्रेस भित्रकै नेताहरुको विश्लेषण छ । बिवादले ठुलै रुप लिएमा बराल साझा उमेदवारको रुपमा पुन सभापतिमा आउने दाउमा रहेको भएपनि अन्त्यमा मोहन बरालले उज्जवल बराललाई नै सर्मथन गर्न सक्ने अनुमान काग्रेस बृत्त भित्र गरिएको छ । 
उता नेपाली काग्रेसको विधान अनुसार जिल्ला तहका पदहरुको उमेदवार हुन वडाभेला र क्षेत्रीय भेलाबाट निर्वाचित हुनुपर्ने प्रावधान रहेको भएपनि वडा भेला र क्षेत्रीय भेलाबाट निर्वाचित नभइकन जिल्ला सभापति लगायतका पदको उमेदवारी घोषणा गर्नु अनौठो कुरा रहेको नेपाली काग्रेसका जिल्ला नेता दिपक मिश्रले बताए । उनले भने, ‘जिल्ला सभापतिको उमेदवार हुन २ वटा निर्वाचन जितेर आउनु पर्छ, वडामा नै नजिति सभापतिको घोषणा गर्नु अनौठो कुरा छ ।’
जिल्ला सभापतिको उमेदवारी घोषणा गरेका उज्जवल बरालले रानिबास गाविसबाट र उपेन्द्र पोखरेलले कनपा–८ बाट चुनाब जितेर आउनुपर्ने हुन्छ । आफ्नो ठाउँमा चुनाब जित्न नसक्ने भएपछि कतिपय नेताहरुले चुनाब जित्नका लागी आफ्नो बर्चश्व भएको वडामा सदस्यता सारेको समेत काग्रेस श्रोतले बतायो । नेपाली काग्रेसको केन्द्रिय कार्यतालिका अनुसार भाद्र १७ गते गाउँ अधिवेशन, भाद्र १८ गते क्षेत्रीय अधिवेशन र भाद्र २५ गते जिल्ला अधिवेशन हुने छ । 
पछिल्लो समय राजनैतिक पार्टीहरुमा नेतृत्व तहमा आउनका लागी निक्कै लुछाचुडि हुने गरेको छ । यसपटकको नेपाली काग्रेसको अधिवेशनमा पनि स्थानीय स्तर देखी जिल्ला तहसम्म नेतृत्वमा आउन निक्कै प्रतिसप्रर्धा हुने निश्चित छ । पछिल्लो स्थानीय निकायको निर्वाचन नभएको र राजनैतिक संयन्त्रले नै गाउँ र जिल्लाका सम्पूर्ण आर्थिक, राजनैतिक गतिविधी सञ्चालन गरेका कारण उक्त स्थानमा प्रतिनिधीत्व गर्नका लागी पनि राजनैतिक पार्टीको नेतृत्व तहमा आउने होडबाजी चल्ने गरेको विश्लेषकहरु बताउछन । 





,

0 comments

Write Down Your Responses