Powered by Blogger.
सुर्खेतमा लाग्याे कर्फ्यू


२७ साउन, सुर्खेत । अखण्ड मध्यपश्चिमको माग गर्दै सुर्खेतमा जारी आन्दोलन नियन्त्रण बाहिर गएपछि जिल्ला प्रशासन कार्यालयले बुधबार पनि कर्फ्यू लगाएको छ ।

विहान ११ बजेदेखि साँझ ६ बजेसम्म लगाइएको प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले जानकारी दिए ।

कर्फ्युका बावजुत पनि एरिचोक, मंगलगढी चोक लगायतका स्थानमा अहिले पनि प्रदर्शन गरिरहेका छन् ।

यसैबीच अखण्ड मध्यपश्चिममो माग गर्दै त्यसको प्रान्तिय राजधानी सुर्खेत राख्नुपर्ने मागसहित आन्दोलनमा उत्रिएका विभिन्न राजनीतिक दल, क्षेत्रीय उद्योग वाणिज्य संघ सुर्खेतको संयुक्त बैठक बुधबार बिहान बसेको छ ।

बैठकले आन्दोलनका क्रममा प्रहरीको गोली लागि निधन भएकालाई सहीद घोषणा गर्नुपर्ने, घाइते भएकाहरुको निःशुल्क उपचार गर्नुपर्ने, पीडितका परिवारलाई उचित क्षतिपूर्ति दिन सरकारसँग माग गर्ने निर्णय भएको छ ।

६ प्रदेशको सीमांकन सार्बजनिक भएलगत्तै सुर्खेतमा विरोध प्रदर्शन जारी छ । प्रदर्शन नियन्त्रणमा लिन प्रहरीले गोली चलाउँदा ३ जनाको मृत्यु भैसकेको छ । मंगलबार पनि प्रहरीले गोली चलाउँदा एक व्यक्ति घाइते भएका थिए ।


,

0 comments

Write Down Your Responses