Powered by Blogger.
मतदान बहिस्कार गर्ने कांग्रेस सभासदको चेतावनी

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका सभासद सुरेन्द्र चौधरीले संविधानसभामा मतदान सुरु भए आफू बाहिरने बताएका छन् ।

प्रमुख तीनदलले प्रक्रिया रोक्नेबारे कुनै सहमति नगरे संविधानमा बिहीबार दिउँसोबाट नयाँ संविधानका धाराहरुमा मतदान प्रक्रिया सुरु हुनेछ ।
केही दिन प्रक्रिया रोकेर भए पनि सहमतिका लागि पहल गर्न माग गर्दै कांग्रेस सभासद चौधरीलगायतले लबिङ गर्दै आएका छन् । कांग्रेस सभासद चौधरीले प्रक्रिया रोकिएन र मतदान सुरु भए आफू संविधानसभाबाट बाहिरिने  बताए ।
कांग्रेस सभासद चौधरीले भने- अहिले पनि सहमतिको प्रयास भइरहेको छ, भएन र प्रक्रिया सुरु भयो भने म संविधानसभाबाट बाहिरिन्छु ।’ उनले भने- कांग्रेसका अरुले के गर्छन् थाहा छैन, तर, म बाहिरिन्छु ।’
चौधरीसहितका कांग्रेसका झण्डै दुई दर्जन सभासदले मिलेर सहमतिका लागि नेतृत्वलाई दबाव दिइरहेका छन् । तर, प्रक्रिया सुरु भए सबैले संविधानसभा नछाड्ने नेताहरुले बताएका छन् ।
सभासद चौधरीले भने-‘सबै त बाहिरिँदैनन् होला, तर, ७/८ जना बाहिरिन्छन् होला ।’


,

0 comments

Write Down Your Responses