बन्दले सास्ती, ठाउँ ठाउँमा दंगाग्रस्त क्षेत्र घोषणा
काठमाडौं २५, भाद्र । लगातारकाे बन्दले जनजीवन प्रभासवित बनेको छ । अस्पतालमा उपचार गराइरहेकाहरुलाई सबैभन्दा बढी अप्ठ्यारो परेको छ । तराई मधेसका विभिन्न ठाउँमा बिहानै देखि आन्दोलन भइरहेको छ । सिराहा, जनपुरक, महोत्तरी लगायतका क्षेत्रमा सुरक्षाकर्मीको उपस्थिति बाक्लो देखिन्छ । प्रदर्शनकारीले हतियारसहित सडकमा उत्रिएपछि सुनसरीका विभिन्न स्थानमा दंगाग्रस्त क्षेत्र घोषणा गरिएको छ ।
कोशी ब्यारेजदेखि इटहरीसम्म र दुहबीको बुडिखोलादेखि इटहरीसम्मको क्षेत्र दंगाग्रस्त क्षेत्र घोषणा गरिएको हो। दंगाग्रस्त क्षेत्र घोषणा भएसँगै सेना परिचालन गरिएको छ। लम्बुवान संयुक्त संघर्ष समितिले आह्वान गरेको बन्दका कारण आज दोस्रो दिन पनि पूर्वको जनजीवन प्रभावित बनेको छ ।
पहिचानसहितको संघीयता, संघीयतासहितको संविधान र संविधानमा लिम्बुवान प्रदेशको माग गर्दै लिम्बुवान संयुक्त संघर्ष समितिले पूर्वका नौ जिल्लामा बिहीबारदेखि आमहड्तालको आह्वान गरेको हो ।
संघर्ष समितिले ऐतिहासिक पृष्ठभूमि र पहिचानको आधार अरुण पूर्वको भू–भागलाई लिम्बुवान प्रदेश घोषणा गर्नुपर्ने माग गरेको छ । बन्दका कारण पूर्वका मोरङ, सुनसरी, झापा, पाँचथर, ताप्लेजुङ, ईलाम, संखुवासभा, तेहथुम र धनकुटाको जनजीवन प्रभावित बनेको छ ।
0 comments
Write Down Your Responses