Powered by Blogger.
संविधान जारी गर्न आजदेखि मतदान प्रक्रिया

काठमाडौं २५ भाद्र :  नयाँ संविधान जारी गर्न आजदेखि नै संविधानसभामा मतदानको प्रकृया सुरु हुने भएको छ। प्रक्रिया रोक्न दलभित्रैबाट माग भइरहेका बेला संविधान जारी गर्ने अन्तिम तयारीमा स्वरुप मतदान प्रक्रिया सुरु हुन लागेको हो ।


आन्दोलनकारी दलहरुसँग वार्ताको ढोका खुल्ला राख्दै संविधान निर्माणको मतदानको प्रकृयामा सुरु हुनेछ । भदौभित्रै संविधान जारी गर्न प्रमुख दलहले प्रक्रिया जारी राखेका हुन् । दिउँसो २ बजेबाट मतदान प्रक्रिया सुरु गर्ने तयारी छ । यस सम्बन्धमा आवश्यक तयारी र व्यवस्थापन गर्न सभाध्याक्ष सुवास नेम्वाङले संविधानसभा सचिवालयलाई निर्देशन दिएका छन्।
संविधान सचिवालयले भदौमसान्तभित्रै संविधान जारी गर्नका लागि कार्यसुची तय गरिसकेको छ । संविधानको विधेयकमाथि पचासभन्दा बढी संशोधन पेश गर्ने र सभासद्ले बोल्ने क्रम हिजो नै सकिएको छ । बोल्न नाम लेखाएका कांग्रेस, एमालेका केही सभासदले नाम फिर्ता लिएका थिए ।
पहिले ५२ वटा संशोधन प्रस्तावमाथि ध्वनिमतका आधारमा निर्णय गरिनेछ। प्रत्येक प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गरिनेछ। प्रस्तावको पक्षमा दुईतिहाई सभासदले हुन्छ भने संविधानको अंग बन्नेछ भने प्रस्तावको पक्षमा दुईतिहाई नपुगे स्वतः खारेज हुनेछ।
ध्वनिमतको निर्णय कसैलाई चित्त नबुझे संविधानसभामा कायम सदस्यको १० प्रतिशत सभासदले उठेर मत विभाजन माग्न सक्नेछन्। त्यसपछि गोप्य मतविभाजन हुनेछ। मत विभाजन माग्नका लागि कम्तीमा १० प्रतिशत सभासद उठ्नैपर्ने नियमावलीमा व्यवस्था छ।
राप्रपा नेपाल, संघीय समाजवादी फोरम नेपाल, मधेसी जनअधिकार फोरम लोकतान्त्रिक नेपाललगायत दलका नेताले संविधानसभा बहिष्कार गरेकाले मत विभाजन माग गर्न पनि कांग्रेस, एमाले र एमाओवादीमध्येकै सभासद उठ्नुपर्ने देखिएको छ।


, ,

0 comments

Write Down Your Responses