Powered by Blogger.
आन्दोलनकारीले लखेटीलखेटी गरे सशस्त्र प्रहरी असईको हत्या

महाेत्तरी, २५ भाद्र । महोत्तरीमा आन्दोलनकारीले उपचारका लागि अस्पताल लैजाँदै गरेका सशस्त्र प्रहरी असईको हत्या गरेका छन् । एसपी धिरेन्द्र चन्दले घटनाको पुष्टि गरेका छन् ।


महोत्तरीमा शुक्रबार विहान आन्दोलनकारीको आक्रमणबाट असई थमनबहादुुर विक घाइते भएका थिए ।

उनलाई उद्धार गरी जिल्ला अस्पताल भर्न गरिएको थियो । थप उपचारका लागि अन्य प्रहरीसँगै एम्बुलेन्समा राखेर जानकपुर लैजाने क्रममा उनको हत्या भएको छ ।

एम्बुलेन्स मूल सडक छाडेर सहायक सडकबाट गएको थियो । भमरपुरा भन्ने स्थानमा पुगेपछि कल्भर्टमा अडि्कयो । प्रहरीलाई लैजाँदै गरेको सूचना पाएर आन्दोलनकारीले पछ्याइसकेको प्रहरीले पत्तो पाएन ।

कल्भर्टमा एम्बुलेन्स अडि्कको मौकामा आन्दोलनकारी पुगेपछि प्रहरीले भागे । तर, घरेलु हतियारसहित आएका आन्दोलनकारीले लखेटी लखेटी असई विकको हत्या गरेका छन् ।

आन्दोलनकारीले एम्बुलेन्समा आगो लगाएका छन् । विकको शव त्यहाँबाट झण्डै डेढ किलोमिटर हत्या गरिएको अवस्थामा भेटिएको छ ।


,

0 comments

Write Down Your Responses