Powered by Blogger.
लैङ्गिक उत्तरदायी बजेटबारे सञ्चारकर्मीहरूलाई अभिमुखीकरण

राजन परीयार 
सिन्धुली, २५ भाद्र । सयुक्त राष्ट्र संघ सुरक्षा परीषदबाट पारीत प्रस्ताव नं.१३२५ र १८२० को राष्ट्रिय कार्ययोजना स्थानीयकरण र लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी ब्यवस्था र सुचकहरुको बारेमा आज सिन्धुलीमाढीमा सञ्चारकर्मीहरुलाई अभिमुखीकरण गरिएको छ ।
कार्यक्रम उदघाटनमा मनत्व्य राख्दै निमित स्थानीय बिकास अधिकारी मदन बहादुर थिंग
जिल्ला विकास समिति सिन्धुलीको आयोजना युएनओमनको सहयोग र स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको सहकार्यमा अभिमुखीकरण कार्यक्रम सम्पनन् गरिएको हो । 
जिल्लाका सञ्चारकर्मीहरुलाई लैङ्गिक, महिला सशक्तिकरण, लैङ्गिक समानता, समानताका लागी निती तथा पक्षहरु, लैङ्गिक उत्तरदायी बजेटको अवधारणा, यस्कार सुचकहरुको बारेमा जानकारी, १३२५ र १८२० सम्बन्धी राष्ट्रिय कार्ययोजनाको स्थानीयकरणमा योजना तर्जुमा कार्यान्वयन, अनुगमन र मुल्याङकनमा सञ्चारकर्मीहरुको भुमीका लगायतका विषयमा अभिमुखीकरण गरिएको थियो । 

कार्यशालालाई प्रशिक्षक गंगाराम दाहालले सहजीकरण गरेका थिए । जिविस सिन्धुलीले लैङ्गिक उत्तरदायी बजेट सम्बन्धी सरोकारवाला निकाय, सरकारी तथा गैरसकारी कार्यालयका प्रमुखहरुसँग पनि ३ दिनदेखी कार्यशाला सञ्चालन गरिरहेको थियो । 


,

0 comments

Write Down Your Responses