दलित सेवा संघ खोलागाउँ उपशाखामा परीयार चयन
सिन्धुली, २६ भाद्र । दलित सेवा संघ खोलागाउँ उपशाखा सिन्धुलीको प्रथम साधारण सभा आज चनौटेमा भव्य समारोह बीच सम्पनन् भएको छ । साधारणसभाले बिजयकिल्ला डटकमका सहसम्पादक समेत रहेका राजन परीयारलाई सर्वसम्बत रुपमा अध्यक्षमा चयन गरेको छ ।
परीयारको अध्यक्षतामा नौ सदस्यीय कार्य समिती चयन गरेको छ जसमा उपाध्यक्ष सविन परियार, सचिव भोज वहादुर वि.क.(क), कोषाध्यक्ष भोलामान सार्की, सहसचिव अञ्जिता व्रुकुटी र सदस्यहरुमा भोज वहादुर वि.क.(ख), नविन सार्की, गिता रोक्का र रिता वि.क. चयन भएका छन् भने तेज बहादुर सार्कीको अध्यक्षतामा पाँच सल्लाहाकार समिति चयन गरिएको छ ।
तेज बहादुर सार्कीको सभापतित्व तथा दलित सेवा संघ शाखा सिन्धुलीका उपाध्यक्ष बावुराम नेपालीको प्रमुख आतिथ्यता भएको कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटीका अध्यक्ष प्रदिप कटुवालले कुनै पनि दलितलाई छुवाछुत तथा भेदभाब जस्तो जगन्य अपराध नगर्न आग्रह गर्दै यदी यसो गरेको पाईएमा त्यसलाई कानुन बमोजिम कारवाही गर्न आफु जुनसुकै सहयोग गर्न समेत तयार रहेको बताए ।
त्यस्तै साधारण सभामा नेपाली कांग्रेस गाँउ ईकाई समितिका सचिव टंक प्रसाद पहाडी,नेकपा एमाले गाँउ ईकाई कमिटीका उपाध्यक्ष पदम कटुवाल, चण्डिका उमावि चनौटेका शिक्षक गणेश बहादुर कार्की लगायतले शुभकामना व्यक्त गरेका थिए ।
0 comments
Write Down Your Responses