Powered by Blogger.
लाै हेर्नुस, नयाँ संविधान अब कति दिनमा आउँछ ।

यस्ता छन् संविधानसभाका तीनवटा कार्यसूची

२७ भदौ, काठमाडौं । संविधानसभा आइतबार साँझबाट मतदान प्रक्रियामा प्रवेश गरेको छ । संविधानसभामा प्रक्रिया भटाभटी अघि बढ्न थालेपछि नयाँ संविधान कहिले जारी हुन्छ भन्ने धेरैको मनमा कौतुहल जागेको छ ।

दलहरुको तयारी हेर्दा अब कुनै ठूलो उथल-पुथल नभए केही दिनमै संविधानसभाले नयाँ संविधाना घोषणा गर्ने छ ।
संविधान मस्यौदा समितिका सभापति कृष्णप्रसाद सिटौलाले संविधान घोषणा हुन एक-दुई दिन लाग्न सक्ने आइतबार संविधानसभामा सम्बोधनका क्रममा बताएका छन् ।

प्रक्रिया सुरु भएपछि संविधान घोषणा हुन एक-दुई दिन लाग्ने भन्दै सिटौलाले योवीचमा आन्दोलनरत पक्षलाई सम्वाद र सहमतिमा आउन आग्रहसमेत गरेका छन् ।


संविधानसभा सचिवालय स्रोतका अनुसार संविधान विधेयकमा परेका संशोधनमा आजै मतदान हुनेछ । ५४ बटा संशोधन परेकामा ठूला दलका सभासदहरुको व्यक्तिगत संशोधन चाहिँ फिर्ता हुनेछ ।

बाँकी तीनदलको संयुक्त बाहेकका अन्य संशोधन पास हुने सम्भावना छैन । मतदानको माग गर्न आवश्यक १० प्रतिशत सभासद कुनै पनि संशोधनकर्ताको पक्षमा नभएकाले ध्वनी मतबाटै त्यसको टुङ्गो लाग्नेछ ।

यो संविधानसभाको अबको बैठकको पहिलो कार्यसूची हो । संविधानसभाका तीनवटा कार्यसूची छन् ।

दोस्रो कार्यसूची अन्तरगत परिमार्जित विधेयक-२०७२ का धारा, उपधारा, प्रस्तावना, संक्षिप्त नाम र प्रारम्भ खण्डलाई विधेयकको अंग बनाइयोस् भन्ने प्रस्ताव हो ।
तेस्रो तथा अन्तिम कार्यसूचीअन्तरग परिमार्जित विधेयक पारित गरियोस् भनी निर्णयार्थ पेश गरिनेछ । स्रोतका अनुसार आजको बैठकमा संशोधनमाथिको मतदान सकिन गाह्रो छ । बाँकी प्रक्रिया सोमबार अघि बढ्ने छ । सोमबार र मंगलबारको बैठकमा नयाँ संविधानको विधेयकमा रहेका धाराहरुमा मतदान हुनेछ ।

कांग्रेस, एमाले र एमाओवादीले संयुक्तरुपमा दर्ता गरेको संयुक्त संशोधन भने सोमबार पास हुने र संविधानको विधेयकको अंग बन्ने पक्का छ ।

सचिवालय स्रोतले भन्यो-पर्सीसम्ममा संविधानसभाको प्रक्रिया सकिन्छ, । त्यसपछि सभाध्यक्षले प्रमाणीकरण गर्ने र राष्ट्रपतिले घोषणा गर्ने काम मात्र बाँकी रहन्छ ।’

तर, संविधान जारी हुने समय असन्तुष्ट दलहरुसँगको वार्ता प्रक्रियामा समेत भर पर्ने नेताहरुले बताएका छन् ।


, ,

0 comments

Write Down Your Responses