Powered by Blogger.
५ गाविसमा सुरू भयाे सुरक्षित पुननिर्माण तालिम

लक्ष्मी थापा
सिन्धुली, २७ भाद्र । नेपाल रेडक्रस सोसाईटी सिन्धुली शाखाको आयोजनामा सुरक्षित पुन निर्माण कार्यक्रम सम्बन्धी परिचयात्मक कार्यक्रम तथा सुरक्षित पुन निर्माण तालिम कार्यक्रम आज सिन्धुलीमाढीमा सम्पनन् भएको छ ।

कार्यक्रम स्विस रेडक्रसको सहयोगमा नेपाल रेडक्रस सोसाइटी सिन्धुलीले आयोजना गरेको हो । आयोजकले भुकम्प प्रभावित गाविसहरुमा सुरक्षित पुर्नस्थापना सम्बन्धी सिप र ज्ञान उपलब्ध गराउने उद्देश्यले भुकम्पबाट अति प्रभावित ५ ओटा गाविसहरु (कुशेश्वर दुम्जा, पुरानो झाँगाझोली, झगाझोली रातमाटा, शितलपाटी र मझुवा)का सिकर्मी तथा डकर्मीहरुकालागी  भोलीबाट १२ दिने तालिम सञ्चालन गर्न लागेको हो । 
आयोजकले जिल्ला स्तरिय प्रशिक्षक प्रशिक्षण तालिम, गाविस स्तरीय घुम्ती तालिम र बडा स्तरिय तालिम गरि तिनवटा गतिविधिमा तालिम सञ्चालन गर्ने पनि बताएको छ । उक्त तालिममा असिस्टेन्टन सव ओभरसिएर, सामाजिक परिचालक दक्ष डकर्मी तथा सिकर्मी, अर्धदक्ष सिकर्मी तथा डकर्मी प्रभावित समुदायका अदक्ष व्यक्तिहरुको सहभागीता रहने छ । 
तालिम पश्चात लक्षित ५ ओटै गाविसहरुमा ५ ओटा नमुना भुकम्प प्रतिरोधात्मक घर निर्माण गर्नै बताएको छ । त्यस्तै गाविस स्तरमा बनाउन लागेको नमुना घरमको सम्बन्धमा कार्यक्रममा सहभागी बक्ताहरुले घर निर्माण गर्दा भुगोलमैत्री र स्थानिय स्तरमा उपलब्ध सामाग्रीमा आधारित भएर जनतालाई सुलभ हुने किसिमले निर्माण गर्न र घरको विभिन्न नमुनाहरु ल्याउन सुझाव दिएका थिए ।
स्वीस रेडक्रसका फील्ड कोअर्डिनेटर विजय दाहालले यो सानो परियोजना मात्र भएकाले अरु योजना ल्याउन नसक्ने बताएका छन । कार्यक्रममा नेपाल रेडक्रस सोसाईटीका सभापती लगायत जिल्लाका सम्पुर्ण सरोकारवाला निकायका प्रमुख तथा प्रतिनिधीहरुको सहभागीता रहेको थियो ।  


, ,

0 comments

Write Down Your Responses