लेनिन र सद्दामजस्तै ढल्यो गिरिजाको शालिक
मधेसलाई संघीयता दिने कोइरालाकै यो अपमान
१५ भदौ, वीरगञ्ज । मधेसी मोर्चासँग ८ बुँदे सहमति गरी अन्तरिम संशोधनमा संशोधन गरेर मधेसलाई स्वायत्तता एवं संघीयता दिने गिरिजाप्रसाद कोइरालाको शालिक ढलेको छ ।
वीरगञ्जमा रहेको सो शालिकको अनावरण गर्ने उनै सुशील कोइराला हुन्, जो अहिले प्रधानमन्त्री पदमा आसीन छन् । सुशील नेतृत्वको सरकारले गिरीजाको शालिकको सुरक्षा गर्न सकेन ।
वीरगञ्जमा सोमबार भएको प्रदर्शनका क्रममा कोइरालाको शालिक पूर्व सोभियत संघमा लेनिन र इराकमा सद्दाम हुसेनको जस्तै गरी ढलेको छ ।
एमाले र कांग्रेसमाथि प्रहार
मधेस आन्दोलनसँगै नेपाली कांग्रेस र एमालेमाथि प्रहार केन्दि्रत भएको देखिएको छ । मधेसलाई अधिकार दिने गिरिजाप्रसादकै शालिक ढालिएपछि आन्दोलन थप अराजकतातिर गएको अनुमान गर्न अप्ठ्यारो छैन ।
प्रदर्शनकारीहरुले सोमबार कलैयामा एमालेको कार्यालयमाथि आगजनी गरेका छन् भने महोत्तरीमा कांग्रेसको कार्यालय जलाएका छन् । साभार अनलाइनखबरबाट
0 comments
Write Down Your Responses